"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रौतहट-४ का सांसद गणेश पौडेलमाथि कालो मसी फ्याकेर दुर्व्यवहार

Table of Content

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य (सांसद) गणेश पौडेललाई कालो मसी फ्याकेर दुर्व्यवहार गरिएको छ । गढीमाई नगरपालिका-७, पर्सामा आयोजित जनतासँग भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा बिहीबार राति पौडेलमाथि ‘मधेश मुक्ति अभियान’का कार्यकर्ताहरूले कालो मसी दलेका हुन् । घटनाको स्वयं सांसद पौडेलले पुष्टि गरेका छन् ।

सांसद पौडेलका अनुसार हिजो साँझ गढीमाई नगरपालिकाको पर्सामा स्थानीय नागरिकका समस्या, मलखादको अभावलगायत विषयमा छलफल गर्न ‘जनतासँग भेटघाट कार्यक्रम’ आयोजना गरिएको थियो । छलफलका क्रममा केही ढिलाइ भएपछि कार्यक्रम राति ८ देखि सवा ८ बजेको बीचमा सकिएको थियो ।

कार्यक्रम सकेर फर्किने तयारीमा रहँदा मास्क लगाएका २-३ ले पछाडिबाट आएको मसी फ्याकेका थिए । ‘उनीहरू अगाडिबाट आएका होइनन् । हामी फर्किन लागेका थियौँ, पछाडिबाट नजिक आएर चिनजानको मान्छेले अङ्गालो हालेजस्तो गरी ढाडमा कालो मसी (कालो पदार्थ) दलेर भागे,’ सांसद पौडेलले लोकान्तरसँग भने ।

कालो मसी दल्ने समूहले हातमा रातो झण्डा र पर्चाहरू बोकेका थिए र उनीहरू ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको सांसद पौडेलले खुलाए । घटनालगत्तै कार्यक्रममा उपस्थित सहयोगी तथा स्थानीयले उनीहरूलाई लखेट्ने प्रयास गरे पनि अँध्यारो भएका कारण उनीहरू फरार हुन सफल भएको उनको कथन छ ।

प्रहरी अनुसन्धान र दोषीको पहिचान
घटनालगत्तै प्रहरीलाई खबर गरिएको र प्रहरीले दोषीहरूको खोजी कार्य तीव्र पारेको छ । सांसद पौडेलका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको छ । ‘आधिकारिक नाम स्पष्ट नभए पनि ‘फगु’ (वा फुगु) भनिने एक जना व्यक्तिको पहिचान भएको बुझिएको छ,’पौडेलले थपे, ‘अहिलेसम्म कोही पक्राउ परिसकेको अवस्था भने छैन, तर प्रहरीले खोजी कार्य जारी राखेको छ, केही समयमै पक्राउ पर्छ ।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

arrested-new-1761130517

नाबालिकाको डिम्ब किनबेच आरोपमा एक जना पक्राउ

नाबालिकाको डिम्ब कारोबार गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर...
lumbini_bhansar_JpthV0vcer

रौतहट-४ का सांसद गणेश पौडेलमाथि कालो मसी फ्याकेर दुर्व्यवहार

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य (सांसद) गणेश पौडेललाई कालो मसी फ्याकेर...
743909985_1241533254681500_7320920717622913638_n-1280x720

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी...
Trump Mideast

अमेरिकाले लगायो भारत र चीनसहित विश्वका झण्डै ६० देशमाथि नयाँ भन्सार कर

अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै...
ktm-court-sandip_7_eLNQuXwuyy

बाल मन्दिरको सम्पत्ति हिनामिना :  ८ जनाविरुद्ध ठगी मुद्दा दायर

काठमाडौँ । नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट बेइमानीपूर्वक व्यक्तिगत लाभमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०