"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज  वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम

Table of Content

काठमाण्डौ – आज  वीपी कोइरालाको ४५औँ स्मृति दिवस, नेपाली कांग्रेस,  वीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन् ।

उहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ । साथै नेपाली साहित्य क्षेत्रमा पनि  वीपीको योगदान महत्त्वपूर्ण छ । १९७१ साल भदौ २४ गते भारतको वाराणसीमा जन्मिएका  वीपी कोइरालाले राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

विशेष गरी २००७ सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्‍याएको मानिन्छ । २०१५ सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो । त्यसपछि  वीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी सत्ता लिएपछि  वीपी कोइरालासहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नुभएको थियो । उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ ।  वीपीका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सिर्जनाका रूपमा स्थापित छन् ।  

वीपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । पार्टीका संस्थापक  वीपीको ४५औँ स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस भने सङ्कटको संघारमा छ ।  वीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टाछुट्टै कार्यक्रम गरी मनाउन लागेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०