"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अफगानिस्तानमा भीषण बाढी : २३ जनाको मृत्यु, १०० बेपत्ता

Table of Content

काठमाडौं । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको बाढीका कारण २३ जनाको मृत्यु भएको छ । एक सयभन्दा धेरै बेपत्ता भएका छन् । 

बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटेको संचार माध्यमहरूले जनाएका छन् । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार आएको बाढीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् । एक सयभन्दा बढी मानिसहरू अझै बेपत्ता छन् । 

बाढीका कारण प्रान्तीय राजधानी पारुनलगायत प्रभावित क्षेत्रहरूमा धेरै घर र अन्य भवनहरू ढलेका छन् । अधिकारीहरूले देशका धेरै भागमा भारी वर्षाको जोखिम अझै नटरेको चेतावनी दिएका छन् । 

मौसम विभागले आगामी दिनहरूमा भारी वर्षा, चट्याङ, हुरीबतास र बाढी आउनसक्ने आशंका व्यक्त गरेको छ । ३४ मध्ये १० प्रान्तहरूका लागि ‘अलर्ट’ जारी गरिएको छ । स्थानीयहरूलाई नदी किनार तथा बाढीको जोखिम भएका क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइएको छ ।

गत वर्ष पनि आएको भीषण बाढीमा ३०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । यस वर्ष बाढी र पहिरोका घटनाहरूमा ११० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen-shah-1786784298 (1)

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
First-aid-service-1789179650

आज विश्व प्राथमिक उपचार दिवस, नेपालमा पनि मनाइँदै

काठमाण्डौ – आज विश्व प्राथमिक उपचार दिवस । ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने मूल नाराका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०