"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

Table of Content

काठमाण्डौ —  सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली (सेल ब्रोडकास्ट ) लागू गर्ने भएको छ । हिजो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको उपस्थितिमा ‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारीका विषयमा छलफल भएको हो ।

 प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण अङ्ग हो ।  यस प्रणालीमार्फत मोबाइल सञ्चारको ‘रेडियो एक्सेस नेटवर्क’ प्रयोग गरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकैपटक विपद्को चेतावनीसहित सन्देश पठाउन सकिने प्राधिकरणले जनाएको छ । छलफलमा विपद् व्यवस्थापन तथा दूरसञ्चारसँग सम्बन्धित सङ्घीय मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।  

बैठकमा बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढीविद् विनोद पराजुलीले अहिलेसम्म विपद् पूर्वसूचनाका लागि टोल–फ्री सेवा र एसएमएस प्रणाली प्रयोग गरिँदै आएको जानकारी दिनुभयो । उहाँले एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौँ समय लाग्ने समस्या रहेको बताउनुभयो । 

‘सेल ब्रोडकास्ट प्रणाली लागू भएपछि जोखिम क्षेत्रमा रहेका सबै नागरिकको मोबाइलमा एकैसाथ चेतावनी सन्देश पुग्छ’, पराजुलीले भन्नुभयो, ‘मोबाइलमा साइरनजस्तै विशेष ध्वनि बज्ने भएकाले प्रयोगकर्ताले सन्देश नहेरेसम्म पनि ध्यानाकर्षण हुन्छ । यसले रातिको समयमा नागरिकलाई समयमै सचेत गराउन मद्दत पुग्छ ।’

 उहाँका अनुसार यो प्रणालीबाट लाखौँ नागरिकलाई एकैपटक सूचना प्रवाह गर्न सकिनेछ । बाढीपहिरो मात्रै नभई अन्य प्राकृतिक तथा मानवीय विपद्का बेला पनि यही प्रणालीमार्फत पूर्वचेतावनी पठाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

पराजुलीका अनुसार गएको वर्षदेखि यस प्रणालीको सम्भाव्यता अध्ययन भइरहेको थियो । प्रारम्भिक अनुमानअनुसार प्रणाली कार्यान्वयनका लागि  ४० करोड देखि  ७५ करोड रुपैयाँसम्म लागत लाग्न सक्नेछ । यस विषयमा सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय र थप प्राविधिक छलफल भइरहेको उहाँले बताउनुभयो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Jilla-karagar-chitwan

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

चितवन । जिल्ला कारागारमा कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता...
gharjagga-2272026031439-1000x0

३९० पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, ३६३ वटामा रोकियो कित्ताकाट

काठमाडौँ — जग्गा वर्गीकरण नगरेका ३ सय ६३ पालिकामा पुनः कित्ताकाट रोकिएको छ । सरकारले भूउपयोग...
uml1_eydkt5Ih5z

मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?

मकवानपुर । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेका मन्त्रीहरूको राजीनामा पत्र मुख्यमन्त्रीसमक्ष बुझाउनुअघि...

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’ कार्यक्रम

काठमाण्डौ – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०