"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

Table of Content

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेदरल्यान्ड्स पुगेको नेपाली टोलीले आज नामिबियासँग पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । 

यो त्रिदेशीय शृङ्खलामा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । नेपालले दोस्रो खेल पर्सि साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ । 

अहिले लिग–२ को अङ्कतालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो, नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छन् । अङ्कतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका छन् । 

विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्त्वपूर्ण छन् । घरेलु मैदान कीर्तिपुरमा सम्पन्न पछिल्लो शृङ्खलामा नेपालले आठमध्ये ६ खेल जित्दै आफ्नो अवस्था बलियो बनाएको थियो । त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्यान्ड्स पुगेको छ । विश्वकप लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । 

नेपालले अझै आठ खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम छ । यस्तै, एक दिवसीय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनु पर्छ । यो शृङ्खलाका लागि कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली नेदरल्यान्ड्स पुगेको हो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789126058

न्युयाेर्कमा सेप्टेम्बर ११ आक्रमणको २५औँ स्मृति दिवस

अमेरिकाको न्युयोर्क शहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणको २५औँ वार्षिकोत्सव आज मनाउँदैछ...
balen-shah-1786784298

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
2e939326-b9a7-4228-bcc4-1723cfb91c82

भण्डारा माविका विद्यार्थीले बाढीपीडितलाई ५० हजार १०० रुपैयाँ सहयोग

चितवन । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि भण्डारा माध्यमिक विद्यालयका...
Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०