"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय

Table of Content

काठमाण्डाै – सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिवार र आइतवार २ दिन बिदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्यसचिव कार्कीले हस्ताक्षर गर्नुभएको २२ बुँदे निर्णयमा उल्लेख छ ।

बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्‍याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले दरबन्दी कटौतीपछि बढी हुने कर्मचारीहरूलाई आवश्यकताअनुसार सङ्घीय, प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ ।

नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो ।

सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि सङ्घीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढाउने निर्णय पनि गरेका छन् ।

जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज, सरल र बिचौलियामुक्त बनाउने प्रतिबद्धतासहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनुपर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ ।

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलो पटक सचिवहरूको बैठक बसेको हो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen-shah-1786784298

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
2e939326-b9a7-4228-bcc4-1723cfb91c82

भण्डारा माविका विद्यार्थीले बाढीपीडितलाई ५० हजार १०० रुपैयाँ सहयोग

चितवन । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि भण्डारा माध्यमिक विद्यालयका...
Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०