"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकप फुटबलको उपाधिका लागि आजराति अर्जेन्टिना र स्पेन खेल्दै

Table of Content

फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ ।

अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक १९ गोल गरेको छ भने स्पेनले जम्मा एक गोल मात्र बेहोरेको छ । ३९ दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षापङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यो विश्वकपको फाइनलमा १९ वर्षीय युवा स्टार लामिन यामाल र ३९ वर्षीय स्टार लियोनेल मेस्सीबीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ । अर्जेन्टिनाका कप्तान मेसी आठ गोल र चार असिस्टसहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दाबेदार बनेका छन् । तर फ्रान्सका किलियन एम्बाप्पे १० गोलसहित शीर्ष स्थानमा छन् ।

यता स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ । स्पेन र अर्जेन्टिनाबीच हालसम्म १४ खेल भएका छन् । दुवै टोलीले समान ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् ।

विश्वकपमा स्पेन र अर्जेन्टिना ६० वर्षपछि पहिलो पटक खेल्न लागेका हुन् । यसअघि सन् १९६६ को समूह चरणमा यी दुई टोलीले खेलेका थिए । त्यस बेला अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

हर्क साम्पाङले संसद्‍मा दर्ता गराए प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ मिल्दैन ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उद्योगसँग सम्बन्धित प्रश्नहरू गरेका छन् । प्रतिनिधि सभा नियमावली बमोजिम मौखिक उत्तरको लागि उनले संसद् सचिवालयमा प्रश्न दर्ता गरेका छन् । ‘उद्योग भन्नाले के–के लाई बुझाउँछ ?’ उनको प्रश्न छ, ‘संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ मिल्दैन ?’ संगीत, खेलकुद र...

बारामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु

बारा, ०४ साउन । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर एक १८ महिने बालिकाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-९ बलुवा निवासी राजिन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो आफ्नो मामा घर आएकी थिइन्। आइतबार साँझ करिब ५ः३० बजे मामा घरपछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी...

बारामा ग्यास लिक भई आगलागी हुँदा एक जना घाइते

बारा, ०४ साउन । बाराको प्रसौनीमा ग्यास लिक भई आगलागी हुँदा एक जना घाइते भएका छन्। गए राति प्रसौनी गाउँपालिका वडा नं. ५ बहुअरी टोलमा डेरा गरी बस्ने पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ घर भएका ३३ वर्षीय महेश पटेल घाइते भएका हुन्। कोठामा खाना पकाउने क्रममा अचानक एलपिजी ग्यास लिक भई उनको सर्टमा आगो...

राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्। विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक सोमबार दिनको २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुनेछ। त्यस्तै सार्वजनिक नीति तथा...

बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा युवतीको शव भेटिएको छ ।  कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । सुनुवार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन्...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०