"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

Table of Content

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ ।

समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो । 

समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं सुरक्षित बनाउन विभिन्न बुँदामा निर्देशन जारी गरेको छ ।

सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन भनिएको छ । लामो समयदेखि बहसको विषय बनेको नेप्सेको निजीकरण वा रणनीतिक साझेदार भित्र्याउने प्रक्रियालाई यसले थप बल पुर्‍याउने देखिएको छ ।

पूँजीबजारलाई समयानुकूल आधुनिक बनाउन र धितोपत्रका उपकरणहरूलाई विविधीकरण एवं विस्तार गर्न समितिले जोड दिएको छ । यसले बजारमा नयाँ लगानीकर्ता र नयाँ उपकरणहरूको प्रवेशलाई सहज बनाउने अपेक्षा गरिएको छ । 

बजारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नियमनकारी निकायलाई थप जिम्मेवार बनाउन ‘पारदर्शी नियमन’ गर्न निर्देशन दिइएको छ । 

पछिल्लो समय उतारचढावपूर्ण रहेको शेयर बजारका कारण चिन्तित बनेका लगानीकर्ताहरूको विश्वास र मनोबल बढाउने गरी कार्यसम्पादन गर्न अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई सचेत गराइएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo_db90c659

नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

काठमाडौँ,असोज २- असोज ३ अर्थात भोली शनिवार नेपालको संविधान २०७२ जारी भएको दश वर्ष पुरा...
Screenshot 2026-09-18 095255

चितवनमा तेल ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुई दाजुभाइको मृत्यु

चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०