"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु

Table of Content

अमेरिकाले इरानमाथि सुरु गरेको सैन्य आक्रमण सोमबार दिउँसोसम्म पनि जारी रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सप्ताहन्तभर सयौं सैन्य लक्ष्यमा बमबारी गरेपछि सोमबार पनि विभिन्न क्षेत्रमा विस्फोट र आक्रमण जारी रहेको बताइएको छ ।

अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार स्थानीय समयअनुसार दिउँसो करिब १ः४५ बजे दक्षिणपश्चिमी इरानको अबादान सहरका तीन स्थानमा आक्रमण भएको थियो । खुजेस्तान प्रान्तका सहायक गभर्नरलाई उद्धृत गर्दै तस्निमले आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको जनाएको छ । 

यसैबिच अर्धसरकारी समाचार संस्था मेहरका अनुसार स्थानीय समयअनुसार मध्यान्हतिर दक्षिणी इरानको बन्दर अब्बास सहर र किश्म टापुनजिक पनि शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो ।

ती क्षेत्रमा भएको क्षति वा सम्भावित मानवीय हताहतीबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । घटनाबारे प्रतिक्रिया लिन अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले अमेरिकी केन्द्रीय कमान्ड र अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको रक्षा सचिवको कार्यालयसँग सम्पर्क गरेको जनाएको छ ।

यद्यपि समाचार तयार पार्दासम्म अमेरिकी पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु

अमेरिकाले इरानमाथि सुरु गरेको सैन्य आक्रमण सोमबार दिउँसोसम्म पनि जारी रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सप्ताहन्तभर सयौं सैन्य लक्ष्यमा बमबारी गरेपछि सोमबार पनि विभिन्न क्षेत्रमा विस्फोट र आक्रमण जारी रहेको बताइएको छ । अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार स्थानीय समयअनुसार दिउँसो करिब १ः४५ बजे दक्षिणपश्चिमी इरानको अबादान सहरका तीन स्थानमा आक्रमण भएको थियो ।...

के २०३० काे विश्वकपमा ६४ टाेली सहभागी हाेलान् ?

काठमाण्डाै – विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३० को विश्वकपमा सहभागी टोलीको सङ्ख्या ६४ पुर्‍याउने सम्भावनाबारे छलफल हुने बताउनुभएको छ । स्वीस सञ्चारमाध्मम ‘ब्लूविन’ सँगको अन्तर्वार्तामा फिफा अध्यक्षले थप १६ टोली थपेर ४८ बाट ६४ पुर्‍याउनेबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो । उहाँका अनुसार...

हरियो बसलाई ब्लु बनाउन साझाले गर्‍यो अस्वीकार, भन्यो– यो मान्ने कुरै होइन, ६४ वर्षको ब्रान्ड छोडिँदैन

साझा यातायात प्रा.लि.ले हाल सञ्चालनमा रहेका हरियो बसलाई ब्लु बस अर्थात् नीलो बसमा रूपान्तरण गर्न अस्वीकार गरेको छ । वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारले सातै प्रदेशमा ब्लु बस सञ्चालन गर्ने योजनासहित प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा साझाका आठवटा विद्युतीय बसलाई ब्लु बस बनाएर चलाउने तयारी गरेको थियो । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा प्रस्ताव...

सुस्तामा ४० सुरक्षाकर्मी पुगेपछि भारतले हकार्यो, डरले काप्दै बालेन सरकारले भन्यो– जोखिम कम गर्न पठाइएको हो

नवलपरासी– सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको सुस्तामा सुरक्षा उपस्थिति बढाएको छ । गृह मन्त्रालयले असार १९ मा जिल्ला प्रशासन कार्यालयलाई थप सुरक्षाकर्मी परिचालन गर्न र स्थानीय नागरिकका समस्या समाधान गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरीको संख्या २५ बाट ४० पुर्‍याइएको छ । त्यसपछि नेपाली सेनाको टोलीले पनि स्थलगत निरीक्षण गरेको छ । सुस्तामा निर्माणाधीन तटबन्धको...

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ । सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो । कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०