"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हरियो बसलाई ब्लु बनाउन साझाले गर्‍यो अस्वीकार, भन्यो– यो मान्ने कुरै होइन, ६४ वर्षको ब्रान्ड छोडिँदैन

Table of Content

साझा यातायात प्रा.लि.ले हाल सञ्चालनमा रहेका हरियो बसलाई ब्लु बस अर्थात् नीलो बसमा रूपान्तरण गर्न अस्वीकार गरेको छ ।

वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारले सातै प्रदेशमा ब्लु बस सञ्चालन गर्ने योजनासहित प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा साझाका आठवटा विद्युतीय बसलाई ब्लु बस बनाएर चलाउने तयारी गरेको थियो । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा प्रस्ताव गरेको योजना स्वीकृत भइसकेको छ । तर, साझाको हरियो बसलाई ब्लु बस बनाएर सञ्चालन गर्ने सरकारको प्रस्ताव साझाले अस्वीकार गरेको हो ।

साझा यातायातका प्रबन्ध निर्देशक भूपेन्द्र आर्यालले शिलापत्रसँग भने, ‘साझाको हरियो बसलाई ब्लु बनाएर चलाउने कुनै तयारी गरेका छैन । यो मान्ने कुरै होइन । साझाको आफ्नो ६४ वर्षको ब्रान्ड छोड्दैन ।’

उनले अगाडि भने, ‘अहिले रास्वपाको सरकार छ, ब्लु बस बनाऊँ भन्ला, फेरि अर्को सरकार आउला रातो बना भन्ला । अर्को आउला पहेँलो बना भन्ला । यसरी सरकारअनुसार बसको कलर परिवर्तन गर्दै जाने भन्ने हुँदैन । यो सम्भव छैन ।’

उनका अनुसार अब महिलाहरूका लागि निःशुल्क ब्लु बसको व्यवस्थाका लागि सरकारी योजनाअनुसार साझाको हरियो बसलाई विशेष नीलो स्टिकर राखेर सञ्चालन गरिनेछ । ‘ब्लु बस लेखेर वा कुनै सांकेतिक स्टिकर टाँसेर सञ्चालन हुनेछ’, प्रबन्ध निर्देशक अर्यालले भने ।

आगामी आर्थिक वर्ष २०८३/८४ को सुरुदेखि नै सञ्चालन गर्ने भनिएको ब्लु बसका लागि हालसम्म साझासँग सम्झौता भने हुन सकेको छैन । पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभाग र साझा यातायातबीच ब्लु बस सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) हुने चरणमा रहेको पनि अर्यालले जानकारी दिए ।

प्रारम्भिक चरणमा पाइलट प्रोजेक्टको रूपमा साझाका आठवटा विद्युतीय सवारीलाई ब्लु बस सञ्चालन गरिने भनिए पनि अहिले ६ वटा मात्र हुन सक्ने उनले बताए ।

एउटा विद्युतीय बसको दैनिक खर्च १० देखि १२ हजार रुपैयाँ रहेको छ । यसो गर्दा आठवटा विद्युतीय बस सञ्चालनका लागि साझाले सरकारसँग वार्षिक ३ करोड ४८ लाख रुपैयाँ बराबरको खर्च प्रस्ताव गरेको छ । तथापि, यही खर्च पेट्रोलियम गाडीमा हो भने थप ३० प्रतिशत बढी आउने प्रबन्ध निर्देशक अर्यालले हामीलाई जानकारी दिए 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०