काठमाण्डौ — सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलमा १०० रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
