झापामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो
काठमाण्डौ – झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
बिहान घरबाट बाहिर क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको थियो । पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ ।
