"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘आकारमा ठूलो देखिए पनि आगामी आर्थिक वर्षको बजेट जिडिपीको अनुपातमा सानो हो’- अर्थमन्त्री वाग्ले

Table of Content

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा सानो भएको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन् । 

उनले हेर्दा आकारका हिसाबले बजेट ठूलो देखिए पनि बजेट त्यो भन्दा सानो भएको बताएका छन् । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट जिडिपीको अनुपातमा सानो भएको बताएका छन् ।

चालु आर्थिक वर्षका लागि प्रक्षेपित जिडिपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको बताएका छन् । 

उनले जिडिपीको अनुपातमा बजेटको आकार ३० प्रतिशत भन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकुल हुनेगरी बजेट ल्याइएको दाबी गरेका छन् । त्यस्तै, उनले आगामी दिनमा जिडिपीको वास्तविक आधार केही तलमाथि हुनसक्ने भन्दै त्यस विषयमा मध्यावधि समीक्षामा थप मुल्यांकन गर्ने पनि बताएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

‘आकारमा ठूलो देखिए पनि आगामी आर्थिक वर्षको बजेट जिडिपीको अनुपातमा सानो हो’- अर्थमन्त्री वाग्ले 

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा सानो भएको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन् ।  उनले हेर्दा आकारका हिसाबले बजेट ठूलो देखिए पनि बजेट त्यो भन्दा सानो भएको बताएका छन् ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट...

प्रधानमन्त्रीलाई चन्द्र भण्डारीको प्रश्न : नेपालले भारतको सीमा मिचेको प्रमाण के छ ?

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले आफू प्रधानमन्त्री भएपछि नेपालले भारतको जमिन मिचेको थाहा पाएको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि कांग्रेस नेता भण्डारीले त्यसको आधार,स्रोत र प्रमाणबारे स्पष्ट पार्न माग गरेका हुन्। सामाजिक सञ्जालमार्फत...

नेपालमा झन्डै साढे ६२ लाख वटा गाडी दर्ता

नेपालमा झन्डै साढे ६२ लाख वटा गाडी दर्ता काठमाण्डाै – देशभर दर्ता भएका गाडीकाे सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल गाडीको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ । चालू आर्थिक वर्षकाे फागुन मसान्तसम्म मात्रै २ लाख ८१ हजार ९२१ वटा दर्ता भएका...

सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री

सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री काठमाण्डाै – प्रतिनिधिसभाको आजकाे बैठकमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारत र चीनबीच भइरहेको व्यापारिक मार्ग निर्माणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । प्रतिपक्षी दल एमालेकी सांसद अर्यालले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषय उठाउँदै नेपाललाई बाहिर राखेर दुई छिमेकी...

भारतले दियो डिजेल–पेट्रोलमा कर सहुलियत

भारत : भारतको केन्द्र सरकारले तेल कम्पनीहरूलाई ठूलो राहत घोषणा गरेको छ । १ जुनदेखि पेट्रोल, डिजेल र एटीएफको निर्यातमा लाग्ने कर (ट्याक्स) घटाइने सरकारले घोषणा गरेको छ । यस्तो आदेश शनिबार जारी गरिएको हो । पेट्रोलमा १.५ रुपैयाँ र डिजेलमा १३.५० रुपैयाँ कर कटौती गर्ने सरकारको घोषणा, १ जुनदेखि लागू हुनेछ । शनिबार जारी विज्ञप्तिमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०