"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई चन्द्र भण्डारीको प्रश्न : नेपालले भारतको सीमा मिचेको प्रमाण के छ ?

Table of Content

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले आफू प्रधानमन्त्री भएपछि नेपालले भारतको जमिन मिचेको थाहा पाएको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि कांग्रेस नेता भण्डारीले त्यसको आधार,स्रोत र प्रमाणबारे स्पष्ट पार्न माग गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भण्डारीले सरकारसँग नेपालले भारतको सीमा मिचेको पुष्टि गर्ने कुनै आधिकारिक तथ्य,नक्सा,सन्धि वा दस्तावेज भए सार्वजनिक गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार,स्रोत वा प्रमाण के हो ? यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य,नक्सा, सन्धि वा दस्तावेज छ भने सार्वजनिक गर्न आग्रह गर्दछु।’

उनले नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने र कसैको भूमि नमिचेको उल्लेख गर्दै सीमा सम्बन्धी विषयमा राष्ट्रिय धारणा स्पष्ट हुनुपर्ने बताएका छन्। साथै सीमा व्यवस्थापनका लागि दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल आवश्यक रहेको उनको भनाइ छ।

भण्डारीले लेखेका छन्,’नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्दछ र कसैको भूमि मिचेको छैन। बरु नेपालले आफ्नो भूमि र राष्ट्रिय सीमाको पर्याप्त संरक्षण तथा व्यवस्थापन आवश्यक छ। त्यसैले सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति,प्रभावकारी कूटनीति र ठोस पहल गर्नु पर्दछ। साथै सबै नेपालीको धारणा एउटै हुनु पर्दछ।’

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

सुर्खेत ,कात्तिक १६ – डोल्पाको माथिल्लो क्षेत्रमा आवश्यक अनुमति नलिई प्रवेश गरेका र प्रतिकूल मौसमसम्बन्धी सूचना तथा चेतावनीको बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जरिवानासहित कारबाही गरिएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका भारतीय पर्यटकलाई नियमानुसार अनुमति शुल्क र जरिवाना असुल गरी कारबाही गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु...

चितवनमा सम्पन्न बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा १२९ खेलाडी दिक्षित

चितवन । चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा भरतपुर कभर्ड हलमा भएको समारोहबाट १२९ जना खेलाडीहरु दिक्षित भएका छन् । तीन दिन चलेको कार्यक्रममा बागमती प्रदेशका चितवन, धादिङ र सिन्धुलीबाट १२९ जना खेलाडीहरु सहभागी थिए । उनीहरु मध्य ११३ जना फर्स्ट डनबाट दिक्षित भएका...

सर्वोच्चको पूर्ण बैठकको ५ बुँदे निर्णय सार्वजनिक

काठमाडौं ।  सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले विज्ञप्तिमार्फत ५ बुँदे निर्णय सार्वजनिक गरेको हो ।  जसमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्यसहितको...

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध

काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ । स्वास्थ्य परीक्षण रोकिएपछि मलेसियाको भिसा जारी हुन नसकेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार अहिले पनि निरन्तर रुपमा मलेसियामा श्रमिक गइरहेका छन्, तर मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा नेपालका २५ म्यानपावर कम्पनीलाई प्रमुख र २५० कम्पनीलाई सहायकका रुपमा छनोट...

स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव (बा.१ च ५०३८ नम्बरका गाडी चालक), सप्तरीकै राजगढ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०