"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

Table of Content

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले हिजो विज्ञप्ति निकालेर पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणी निर्धारण गरिएको जनाएको छ । 

पहिलो पटक क्यानले ‘ए प्लस’ श्रेणी थपेको छ । पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा एक दिवसीय कप्तान रोहितकुमार पौडेल, टी–२० कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी गरी ४ जना छन् । 

यस्तै ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् । ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहव आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह समावेश छन् । विकास श्रेणी अर्थात वर्गीकरणमा परेको अन्तिम श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी र सागर ढकाल रहेका छन् । 

महिला टोलीतर्फ इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सिता राना मगर ‘ए’ श्रेणीमा परेका छन् । ‘बी’ श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय रहेका छन् । त्यसै गरी ‘सी’ श्रेणीमा इन्दु रावल, कविता जोशी, रुवी पोदार र रिया शर्मा समावेश छन् । विकासतर्फको ‘डी’ श्रेणीमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनु पाख्रिन, साना प्रवीन, सावित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् । 

क्यानले पुरुषतर्फ ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक एक लाख २० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ । ‘ए’ श्रेणीका खेलाडीले एक लाख रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले ७५ हजार रुपैयाँ, ‘सी’ श्रेणीका खेलाडीले ५५ हजार तथा विकासतर्फका खेलाडीले मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीलाई मासिक ५५ हजार रुपैयाँ, ‘बी’ श्रेणीलाई ४० हजार रुपैयाँ, ‘सी’ श्रेणीलाई ३० हजार तथा विकासतर्फका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने क्यानले जनाएको छ । 

त्यस्तै पुरुष र महिला खेलाडीले टी–२० अन्तर्राष्ट्रिय प्रतिखेल १० हजार र एक दिवसीय अन्तर्राष्ट्रियमा १५ हजार प्रतिखेल म्याच फी पाउनेछन् । नेपाली महिला टोलीले अहिलेसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलेको छैन । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०