"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चेपाङ केन्द्रभित्र फलफूल तथा तरकारी उत्पादन

Table of Content

रत्ननगर । नेपाली समाज सदियौँदेखि खेतीपातीबाट गुज्रिँदै आएको समाज हो । विकसित समाजमा भने खेतीपातीका अनेक विकल्प अपनाउन थालिएको छ । चितवनको पहाडी क्षेत्रलाई हेर्ने हो भने खेतीपाती पनि पर्याप्त नहुँदा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न समुदाय वर्तमान अवस्थामा पनि अनिकालको चपेटामा छन् ।

खोरियाबारीमा राम्रो उत्पादन नहुने र रोजगारको विकल्प नहुँदा चेपाङ समुदायले आफ्ना बालबच्चालाई शिक्षादीक्षा दिनसमेत नसकिरहेका बेला गामबेँसीको चेपाङ संरक्षण केन्द्रले भने शिक्षासँगै व्यावहारिक सिकाइलाई पनि जोड्ने प्रयास गर्दै आएको छ । विशुद्ध चेपाङ बालबालिकालाई आवासीय सुविधासहित शैक्षिक विकास गराउने उद्देश्यसहित स्थापित केन्द्रले केन्द्रमै खेतीपातीको पनि अभ्यास थालेको हो ।

केन्द्रमा अहिले पनि १५० जना बालबालिकाले आश्रय लिइरहेका छन् । आधारभूत तहदेखि उच्च तहसम्म यहीँ बसेर अध्ययन गरिरहेका छन् । उनीहरुलाई शिक्षामा मात्र नभई व्यावहारिक सीपमा समेत अभ्यस्त बनाउनका लागि केन्द्र परिसरमै विभिन्न तरकारी तथा फलफूल उत्पादन गर्न थालेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए ।

अहिले केन्द्रमा फर्सीको मुन्टा झुलिरहेको छ । सिमी, बोडीलगायतका तरकारीजन्य गेडागुडी पनि उत्पादन भएका छन् । त्यसैबाट केन्द्रमा आश्रित बालबालिकालाई नियमित खानपानमा टेवा पुगेको छ । ‘फर्सीको मुन्टा, कटहर, बोडी, सिमी, खुर्सानीलगायतका तरकारी खाने बेला भएका छन् । यसले तरकारीजन्य वस्तु आयात गर्नेक्रम घटाएको छ’, उनले भने ।

कर्कलो (पिँडालु), बेसार, ड्रागन, अम्बा, अमलाजस्ता कृषि उत्पादनको फसल लाग्ने बेला भएको छ । दुईवटा गाईसमेत पालिएको केन्द्रमा ठूला विद्यार्थीले बिदाको दिन कृषि क्षेत्रमा योगदान दिँदै आएका छन् । ‘चेपाङ बालबालिकालाई पठनपाठनसँगै कृषि क्षेत्रमा समेत सिकाइ हुने अपेक्षासहित खेतीपाती गर्दा सीप विकाससँगै केन्द्रमै प्रयोग गर्न पाइएको छ’, उनी भन्छन्, ‘यसले अहिलेको मौसममा हरियो सागपात धेरै किन्नु परेको छैन ।’

आगामी वर्षदेखि केन्द्रले उत्पादन गरेको बेसारलाई पनि ब्रान्ड बनाउने योजना अघि सारेको उनले बताए । ‘यहाँ थोरै क्षेत्रफल भएको हुँदा बिक्रीकै लागिभन्दा पनि कोसेलीस्वरुप उपहार दिन सकिन्छ कि भन्ने सोच छ’, उनी भन्छन्, ‘केन्द्रलाई सहयोग गर्ने दाताहरुलाई आधा किलो बेसारको धुलो उपहार दिन सक्ने वातावरण बनेको छ ।’

फर्सी र सिमीको बीउ बजारबाट ल्याए पनि पिँडालु भने चेपाङ गाउँबाट ल्याएर लगाएको उनले बताए । पछिल्लो समय धेरैको चासो बनेको ड्रागन पनि स्थानीय कृषकले आफैँले आएर लगाइदिएको उनले बताए । आँप, लिचीका बिरूवासमेत हुर्किइरहेका छन् ।

सधैँ दाताहरुकै सहयोगमा चल्दै आएको संस्थामा बसिरहेका चेपाङ बालबालिकाले अबको केही वर्षपछि मौसमअनुसारको फलसमेत केन्द्रमै बसेर खान पाउने सुविधा थपिएको छ । गाई, बाख्रा र कुखुरापालन पनि सँगै रहेको हुँदा यहाँ उत्पादन भएका र हुन लागेका सबै कृषिउपज विशुद्ध प्राङ्गारिक छ । ‘यहाँको खेतीपातीका लागि आयातित मल प्रयोग गर्नु परेको छैन’, केन्द्रका अध्यक्ष शर्माले भने, ‘अहिलेसम्म यहीँ उत्पादन भएका मल पर्याप्त भएको छ ।’

यहाँ बस्ने चेपाङ बालबालिकाले आफ्नो अध्ययन सकिएपछि गाउँ फर्किंदा पनि कृषि उत्पादन गर्न सक्षम होऊन् भन्ने लक्ष्यका साथ केन्द्र परिसरमै मौसमअनुसारको खेतीपाती गर्ने प्रयास गरिएको उनको भनाइ छ । ‘हामीसँग धेरै क्षेत्रफलको जमिन नभए पनि भएजति खाली जमिनमा कृषि उत्पादनलाई अभ्यासको रुपमा प्रयोग गर्दै आएका छौँ’, उनले भने, ‘यसले अहिलेसम्म सकारात्मक प्रभाव पारेको महसुस गराएको छ ।’

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चेपाङ केन्द्रभित्र फलफूल तथा तरकारी उत्पादन

रत्ननगर । नेपाली समाज सदियौँदेखि खेतीपातीबाट गुज्रिँदै आएको समाज हो । विकसित समाजमा भने खेतीपातीका अनेक विकल्प अपनाउन थालिएको छ । चितवनको पहाडी क्षेत्रलाई हेर्ने हो भने खेतीपाती पनि पर्याप्त नहुँदा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न समुदाय वर्तमान अवस्थामा पनि अनिकालको चपेटामा छन् । खोरियाबारीमा राम्रो उत्पादन नहुने र रोजगारको विकल्प नहुँदा चेपाङ समुदायले आफ्ना...

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा काठमाण्डौ — सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्ग भित्रका संरचना निर्माण, सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८...

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८...

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले जतिसक्दो छिटो समाधानको प्रयासमा प्राविधिक टोली खटिएको पनि जानकारी दिए । ‘तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख...

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।  दुईटोलिबीचको खेल भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ५ बजेदेखि हुनेछ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । नेपाल प्रतियोगिताको ६ पटकको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०