"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विपक्षीकाे विराेधकै बीच संसद्काे नियमित कारबाही अघि बढ्यो

Table of Content

विपक्षीकाे विराेधकै बीच संसद्काे नियमित कारबाही अघि बढ्यो

काठमाण्डाै – विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमित कारबाही अगाडि बढाउनुभएको छ ।

आजको पहिलो बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि १५ मिनेट स्थगित गर्नुभएका सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढाउनुभयो ।  विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति माग गरेर बेल घेराउ गरेका हुन् ।

अवरोधकै बीच प्रधानमन्त्री शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । यो प्रस्ताव बहुमतले स्वीकृत भएको छ । यस्तै बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ ।

प्रधानमन्त्री र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न विपक्षीको आग्रह छ ।

सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरूले विरोधमा बैठक अवरुद्ध गर्न बाध्य भएको नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताउनुभएको छ । उहाँले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ उद्धृत गर्दै हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गरिनुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

विपक्षी दलहरूले प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन् । यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यसयताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन् ।

आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Nepal_vs_bangaladesh_final_sV3EvLNV5Y

नेपाल र बंगलादेशबीच आउँदो चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने

नेपाल र बंगलादेशबीच यसै वर्षको चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ...
813362474_1091875219894521_9033030538614758989_n

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

राप्ती । चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। राप्ती–१...
mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०