"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पेट्रोलको आयात दुई गुणाले वृद्धि

Table of Content

बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलको आयात दोब्बर बढेको हो । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिमाण पनि बढेको हो ।

गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पेट्रोल आयात भएको निगमको प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ ।

डिजेलमा भने सामान्यमात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर  डिजेल आयात भएकोमा  गत आर्थिक वर्ष ९ लाख किलोलिटर आयात भएको निगमले जनाएको छ ।

गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात भइरहेको छ । डिजेल भने २०७६ सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ ।

‘यसअघि ट्याङ्करबाट स्थानीय बजारका लागि मात्रै पेट्रोल आयात हुन्थ्यो भने अहिले देशभरका ठुला सहरहरूको लागि यहीँबाट लोड भएर ढुवानी हुन्छ,’ अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरण राम्रो अवस्थामा छ ।’

o3 Ashok shah

अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्ज लगायत देशभरका २० जिल्लाका सरकारी तथा निजी पम्पहरूमा बिक्री वितरण हुने गर्दछ ।

प्रादेशिक डिपो प्रमुख साहले सरकारी पम्पहरूका लागि दैनिक पेट्रोल १२५ देखि १५० ट्याङ्कर र डिजेल २ सयदेखि २५० ट्याङ्कर लोड हुने गरेको बताए ।

निजी पम्पहरूका लागि भने दैनिक १५० ट्याङ्कर पेट्रोलियम पदार्थ लोड हुने गर्दछ ।  

अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा  पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ ।

अम्लेखगञ्ज डिपोमा पेट्रोल ४ देखि ५ दिन र डिजेल ६ देखि ७ दिनका लागि पुग्ने भण्डारण क्षमता रहेको निगमले जनाएको छ ।

‘हाम्रो सबैभन्दा धेरै बिक्री थानकोट डिपोमा हुन्छ,’ प्रमुख साहले भने, ‘पेट्रोल १७ हजार ७४७ किलोलिटर र डिजेल २५ हजार ८४३ किलोलिटर भण्डारण क्षमता छ ।’

निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा आयात केही कम गर्ने गर्दछ ।

अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा  पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ ।

यसअघि ट्याङ्करमार्फत भारतको बरौनीबाट पेट्रोल आयात हुँदै आएको थियो । हाल ती ट्याङ्करलाई आन्तरिक ढुवानीमा व्यवस्थापन गरेर पाइपलाइन पूर्ण रूपमा सञ्चालन गरिएको छ ।

‘बजारमा सहज तरिकाले तेल पठाएका छौँ । अभाव हुने अवस्था छैन । हामीसँग पर्याप्त भण्डारण छ,’ प्रादेशिक डिपो प्रमुख साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरणको अवस्था राम्रो छ ।’

पाइपलाइनबाट इन्धन आयात हुन थालेपछि तेलको अवैध चोरी, तस्करी, सडक दुर्घटना, वातावरण प्रदूषण कम भएको छ भने अतिरिक्त खर्चसमेत कटौती भएको निगमले जनाएको छ ।

ढुवानी खर्चमा समेत प्रतिलिटर ३ रुपैयाँ बचत हुँदा राज्यको वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी भाडा जोगिएको छ ।

इन्धनको खपत घट्न थाल्यो

पछिल्लो समय इन्धनको खपत घट्न थालेको प्रादेशिक डिपो कार्यालय अम्लेखगञ्जले जनाएको छ ।

अम्लेखगञ्ज डिपोबाट मात्रै विगतमा दैनिक औसत ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकामा अहिले दैनिक औसत ३ हजार ५ सय किलोलिटर डिजेल र करिब १ हजारदेखि १ हजार ५ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको डिपो प्रमुख साहले बताए ।

o2

‘सामान्य अवस्थामा दैनिक ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल अमलेखगन्ज डिपोबाट बिक्री हुन्थ्यो अहिले घटेको छ,’ उनले भने, ‘अमेरिका र इरानबिच बढ्दो तनावका कारण इन्धनको मूल्य चर्किएसँगै सबैखाले इन्धनको खपत घटेको छ ।’

त्यसैगरी मटीतेलको बिक्री पनि ह्वात्तै घटेको निगमले जनाएको छ । मटीतेल विशेष गरी निर्माण व्यवसायीले खपत गर्ने गर्छन् । पछिल्लो समय निर्माण आयोजनाहरू पनि इन्धनको मूल्यवृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रूपले प्रभावित छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

विगतमा दबाबको अस्त्र, अहिले आचरणको प्रश्न : महाभियोगको इतिहास र नयाँ विवाद

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा थुनामा रहेका बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालको नाम जोडिएर विवरणहरू सार्वजनिक भएपछि महाभियोगसम्मको विषय अहिले चर्चामा आइरहेको छ । विचाराधीन मुद्दामा भएको संवाद, आर्थिक लेनदेनका नोट र भेटवार्ताका विवरणले न्यायालयको स्वच्छतामाथि प्रश्नमात्र उठाएको छैन, विगतदेखि नै न्यायालयलाई दबाबमा राख्न प्रयोग...

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यति ठुलो सुरक्षाका बिचमा ८ जना कैदीबन्दीले सुरुङ खनेर भाग्दा पनि सुरक्षा अधिकारीले कुनै चाल नपाएको बताएका छन् । १७ मध्ये ९ जना कैदीबन्दी कारागारमै...

चितवनमा प्रहरीको लङ्गुरबुर्जा नियन्त्रण अभियान,दुई हजार ३३३ वटा गोटी बरामद

चितवन,कात्तिक १६- चितवनमा लङ्गुरबुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बीचको अवधिलाई लक्षितगरी सञ्चालन गरेको अभियानमा हालसम्म दुई हजार ३३३ वटा गोटी, ५३६ वटा पाल र ४०८ वटा बाल्टिन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी)...

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

काठमाण्डौ – काँग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ । संसद बैठकमा पार्टीको भूमिका तथा सरकारका पछिल्ला गतिविधिबारे साझा धारणा तय गर्ने लगायत विषयमा छलफल गर्न कांग्रेस बैठक बसेको  हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यशैली र संसदमा प्रतिपक्षी दलका रूपमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा सांसदहरूबीच छलफल भइरहेको छ । विशेषगरी सञ्चारमाध्यम तथा...

१ महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने सरकारको तयारी

काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा अबको एक महिनाभित्र सबै पालिकाबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सङ्घीयताको मर्मअनुसार जग्गा प्रशासनसम्बन्धी सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउन सरकारले पहल गरेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म देशका ३३ वटा पालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन भइरहेको छ । बाँकी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०