"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आईसीसी वरीयतामा नेपाली खेलाडीकाे उल्लेख्य सुधार

Table of Content

आईसीसी वरीयतामा नेपाली खेलाडीकाे उल्लेख्य सुधार

काठमाण्डाै – आईसीसी एकदिवसीय वरीयतामा नेपाली खेलाडीहरूले उल्लेख्य सुधार गरेका छन् । घरेलु मैदानमा चलिरहेको लिग–टु शृङ्खलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो एकदिवसीय वरीयतामा नेपाली खेलाडीहरूले सुधार गरेका हुन् ।

एकदिवसीय ब्याटिङ वरीयतामा आसिफ शेख ७ स्थान सुधार गर्दै ८७औँ, कुशल भुर्तेल १७ स्थान सुधार गर्दै १००औँ स्थानमा आइपुगेका छन् ।

यस्तै एकदिवसीय बलिङ वरीयतामा सन्दीप लामिछाने ६ स्थान सुधार गर्दै ३७औँ, ललित राजवंशीले १६ स्थान सुधार गर्दै ५४औँ, दीपेन्द्रसिंह ऐरी ३ स्थान सुधार गर्दै ७९औँ स्थानमा आइपुगेका छन् ।

यस्तै एकदिवसीय अलराउन्डर वरीयतामा दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औँ, सन्दीप ३ स्थान सुधार गर्दै ६८औँ, ललित १२ स्थान सुधार गर्दै ७४औँ, गुल्सन झा १५ स्थान सुधार गर्दै ८७औँ स्थानमा आइपुगेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

धोबीघाट ढल प्रशोधन केन्द्रको परीक्षण सुरु, बागमती सफा हुने अपेक्षा

ललितपुर। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार ३० असारदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता राख्छ। पीआईडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सीजीसीओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौं उपत्यकाको ढल व्यवस्थापनमा महत्त्वपूर्ण...

सेमिफाइनलमा दुई असिस्ट गरेका मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट गरेका थिए  अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्‍याउँदै उपाधि रक्षा अभियानमा कायम...

सप्तकोसीमा पानीको बहाव बढ्दो, सुरक्षा सतर्कता अपनाउन कोसी ब्यारेजमा बालियो रातो बत्ती

सप्तकोसीमा पानीको बहाव बढ्दो, सुरक्षा सतर्कता अपनाउन कोसी ब्यारेजमा बालियो रातो बत्ती सुनसरी। पूर्वी पहाडी तथा तराई क्षेत्रमा जारी लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ। बुधबार अबेर कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएअनुसार नदीमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०