"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब

Table of Content

शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो ।

ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ । यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ । इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले यस्तो अवस्थाले वार्तालाई “गतिरोध” तर्फ धकेल्ने जनाएको छ । इरानले युद्ध पूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।

साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ । अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ ।

यसअघि ट्रम्पले इरानको आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गरिए स्वीकार गर्न सकिने संकेत दिनुभएको थियो । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए । अप्रिलमा युद्धविराम घोषणा भए पनि बीच–बीचमा तनाव र छिटपुट आक्रमण भइरहेका छन् ।

इरानले अझै पनि विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ । यस मार्गबाट विश्वको झण्डै २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने भएकाले तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सन्दीपको विश्व कीर्तिमानः ७३ म्याचमा लिए १५० विकेट

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान राखेका छन् । आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए । स्कटल्यान्डका...

बालेनको गतिबाट आत्तिएपछि परम्परा र संविधानको दुहाइ

नेपालको राजनीतिमा अहिले एउटा अनौठो बहस चलिरहेको छ । ठूलो क्रान्तिपछि आएको सरकारका प्रमुख वालेन्द्र शाहलाई जनभावनाअनुसार आफ्नै गतिमा काम गर्न दिनुको साटो परम्पराका नाममा पुरानै असफल, परिणामहीन र बदनाम राजनीतिक नेतृत्वको अनुसरण नगरेको भन्दै आलोचनाको तारो बनाइँदै छ । भलै वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको डेढ महिने अवधिमै एउटा स्पष्ट सन्देश दिएको छ-...

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद काठमाण्डौ — खोटाङको सुनकोशी नदीमा पानीको बहाव बढेसँगै खोटाङ र पूर्वी तराईलाई जोड्ने फोक्सिङटार र बङ्शिलाघाटका अस्थायी बेलिब्रिज हटाइएपछि सीधा यातायात सम्पर्क टुटेको छ । वर्षायाम शुरु भएसँगै जोखिम बढेपछि दुवै ठाउँका बेलिब्रिज निकाल्दा स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा स्थायी मोटरेबल पुल...

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो काठमाण्डौ — पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा बेथिति, असुरक्षा र सामाजिक विकृति बढेको भन्दै पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन् ।...

शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब

शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०