"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने अर्थमन्त्री वाग्लेको भनाइ

Table of Content

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने अर्थमन्त्री वाग्लेको भनाइ

काठमाण्डौ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पुँजी अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटका लागि पेस गरेको सुझाव ग्रहण गर्दै उहाँले कानुनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो ।

उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग, लगानी, रोजगारी र आयआर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभयो । परिसङ्घले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग, विदेशी लगानी, कर प्रणाली, भन्सार, पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, बिमा तथा पुँजीबजारलगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ

परिसङ्घले उद्योगमैत्री नीति, कर प्रणाली स्थायित्व, उत्पादन र रोजगारी केन्द्रित बजेट, कच्चापदार्थमा कर छुट, तथा औद्योगिक कच्चापदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ । साथै, स्वदेशी उत्पादन प्रोत्साहनका लागि कम्तीमा ४० प्रतिशत स्थानीय कच्चापदार्थ प्रयोग गर्ने उद्योगलाई कर छुट दिनुपर्ने माग पनि गरिएको छ ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सहभागिता बिना विकास सम्भव नभएको उल्लेख गर्दै पूर्वाधार, लगानी र औद्योगिक विस्तारका लागि अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो ।
 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सङ्घीय संसद्को अधिवेशन शुरू, संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सङ्घीय संसद्को अधिवेशन शुरू, संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै संसद्को अधिवेशन शुरू भएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो । त्यसपछि अघि...

भारतीय प्रधानमन्त्री माेदीकाे अपील : ‘घरबाटै काम गर्नु, एक वर्षसम्म सुन नकिन्नु’

भारतीय प्रधानमन्त्री माेदीकाे अपील : ‘घरबाटै काम गर्नु, एक वर्षसम्म सुन नकिन्नु’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ । प्रधानमन्त्री मोदीले कोभिड–१९ महामारीको सम्झना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन...

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने अर्थमन्त्री वाग्लेको भनाइ

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने अर्थमन्त्री वाग्लेको भनाइ काठमाण्डौ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पुँजी अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटका लागि पेस गरेको सुझाव ग्रहण गर्दै उहाँले कानुनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो । उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले...

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत काठमाण्डाै – सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएकाे छ । आज बसेकाे बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । आज दिउँसाे...

देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु

देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु काठमाण्डौ — बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गरिएको हो । बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्नसप्ताहव्यापी अभियानले ‘कोसेढुङ्गा’ को...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०