"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपाका सांसदहरुको लागि दुई दिने प्रशिक्षण शुरू

Table of Content

रास्वपाका सांसदहरुको लागि दुई दिने प्रशिक्षण शुरू

काठमाण्डौ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवम् अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पदाधिकारीसहित सांसदहरू सहभागी हुनुहुन्छ ।

यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनुभएको छ । उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत रहेको उल्लेख गर्नुभयो ।

पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्याङ्कन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ । पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी समेत दिनुभयो ।

नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०