"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भारतको पश्चिम बङ्गालमा भाजपालाई दुई तिहाइ बहुमत

Table of Content

भारतको पश्चिम बङ्गालमा भाजपालाई दुई तिहाइ बहुमत

काठमाण्डौ – भारतको पश्चिम बङ्गालमा विधान सभाको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक जीतसहित विपक्षीको गढ तोडेको छ । 

पछिल्लो मत परिणामले बङ्गाल राज्यमा सत्ता समीकरणमा परिवर्तन आउने भएको छ । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भाजपाले पहिलो पटक सरकार गठन गर्ने अवसर बनाएको छ । २९४ सदस्यीय पश्चिम बङ्गाल विधान सभामा भाजपाले २०६ सिट जितेको छ । यो दुई तिहाइभन्दा धेरै हो । 

तृणमूल कांग्रेस ८० सिटमा खुम्चिँदा कम्युनिस्ट पार्टीले २ सिट मात्र जितेको छ । २९४ सिटमध्ये बहुमतका लागि १४८ सिट आवश्यक पर्छ । पश्चिम बङ्गालमा अहिलेसम्म शासन गर्न नसकेको भाजपाले मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काङ्ग्रेस सरकारलाई विस्थापित गर्ने गरी मत परिणाम आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मुख्यमन्त्री बनर्जी नै आफ्नो भवानीपुर सिटबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित हुनुभएको छ । सन् २०११ देखि निरन्तर सत्तामा रहँदै आएकी बनर्जी मोदीको प्रमुख आलोचकका रूपमा चिनिनुहुन्छ र उहाँको राजनीतिक प्रभाव बङ्गाल राज्यमा बलियो मानिन्थ्यो । विपक्षी दलहरूले चुनावको निष्पक्षतामाथि प्रश्न समेत उठाएका छन् । मोदीले पश्चिम बङ्गालको नतिजालाई ऐतिहासिक उपलब्धि भन्नुभएको छ । 

दक्षिण भारतमा पनि राजनीतिक परिवर्तन देखिएको छ । तमिलनाडुमा चलचित्र क्षेत्रका लोकप्रिय कलाकार जोसेफ विजयको उदय भएको छ । उहाँले स्थापना गरेको तमिलगा वेट्ट्री कजगम पार्टीले सत्तारूढ डिएमकेलाई पछि पारेको छ । त्यस्तै, केरलामा भारतीय राष्ट्रिय काङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धनले सत्तारूढ कम्युनिस्ट सरकारलाई पराजित गर्दै वामपन्थी शासनको अन्त्य गरेको छ । 

५० वर्षपछि भारतका कुनै पनि राज्यमा वामपन्थी सरकार नरहने भएको छ । उत्तरपूर्वी राज्य आसाममा भाजपाले निरन्तर तेस्रो कार्यकालका लागि सत्ता कायम राख्न सफल भएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि बनाइएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ ।  मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम साबिकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई जग्गा...

तेस्रो प्रदेश भाषा दिवस आज : बागमती प्रदेशमा सार्वजनिक बिदा

तेस्रो प्रदेश भाषा दिवस आज : बागमती प्रदेशमा सार्वजनिक बिदा काठमाण्डौ – बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।  प्रदेश सरकारले २०८१ सालदेखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन शुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाउन...

भावी प्रधानन्यायाधीश : वरिष्ठताको परम्परा कि क्रमभङ्ग ?

भावी प्रधानन्यायाधीश : वरिष्ठताको परम्परा कि क्रमभङ्ग ? काठमाण्डौ – एक महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज बेलुकी संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गएको चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि वरिष्ठतम न्यायाधीशको रूपमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश हुनुहुन्छ । वरिष्ठतालाई आधार मानिए मल्ल नै...

नेपाल ‘ए’ले स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दै

नेपाल ‘ए’ले स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दै काठमाण्डौ – नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ ।  मुलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे खेल शुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ‘ए’ले अभ्यास शृङ्खला खेल्दैछ ।  नेपाल...

आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना काठमाण्डौ – आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।  यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०