"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज पनि तराईका केही जिल्लामा हावाहुरीको सम्भावना

Table of Content

आज पनि तराईका केही जिल्लामा हावाहुरीको सम्भावना

काठमाण्डौ – आज तराईका केही जिल्लामा हावाहुरीको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति लुम्बिनी र मधेश प्रदेशका केही जिल्लामा हावाहुरी चल्ने सम्भावना छ । 

दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने अनुमान छ । त्यस्तै आज राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्न, घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न, घरबाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह गरिएको छ । यसअघि हिजो दिउँसो र बेलुका कतै कतै हावाहुरी चलेको थियो । 

प्रि–मनसुनमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०