"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सिनेमाको पर्दादेखि मुख्यमन्त्रीको कुर्सीसम्म

Table of Content

सन् २०१८ को नोभेम्बरमा दक्षिण भारतीय कलाकार विजयले ‘सरकार’ नामको सिनेमामा अभिनय गरेका थिए । यही सिनेमाले उनलाई राजनीतिक काल्पनिकीको संसारमा डोर्‍याएको हो । विजय सिनेमामा सुन्दर रामास्वामीको भूमिकामा देखिन्छन् । 

गैरआवासीय भारतीय रामास्वामी सफल व्यापारी हुन्छन् । उनी एउटै कारणले भारत फर्केका हुन्छन् । त्यो हो– मतदान गर्न । मतदान केन्द्रमा पुग्दै गर्दा उनको नामको मत अर्कैले खसालिसकेको थाहा पाउँछन् । सिनेमाको बाँकी दुई घण्टाको कथा यसै सेरोफेरोमा अघि बढ्छ । 

निर्वाचनमा हुने धाँधली, राजनीतिक भ्रष्टाचार तथा मतदाताहरूलाई केवल देखावटी साधनका रूपमा गरिने व्यवहारको वरपर सिनेमाको कथा बुनिएको हुन्छ । सिनेमाको अन्त्यमा सुन्दर रामास्वामी केवल आफ्नो मतका लागि लडिरहेको देखिँदैनन् बरु उनी आफै स्थापित नेताहरू विरुद्ध उम्मेदवार बनिसकेको हुन्छन् । अन्ततः उनैले निर्वाचन जित्छन् ।

यो केवल काल्पनिक कथा थियो । दर्शकलाई उद्वेलित पार्दै मनोरञ्जनको दुनियाँमा मुग्ध पार्ने सिनेमाको कथा । सिनेमा रिलिज भएको आठ वर्षपछि विजय आफै राजनीतिमा हामफाल्न आइपुगे । कलाकारको रूपमा आर्जन गरेको सद्भावनालाई राजनीतिक पुँजीमा बदल्ने ठाउँमा आइपुगे उनी । 

सन् २०२४को फेब्रुअरीमा उनले सिनेमा क्षेत्रलाई थाँती राखेर तमिलागा वेत्रि झागाम अर्थात् छोटकरीमा ‘टिभीके’ नामको पार्टी घोषणा गरे । उनको पछाडि कुनै वरिष्ठ नेता थिएनन् । कुनै राजनीतिक घराना थिएन ।

सन् २०२४को फेब्रुअरीमा उनले सिनेमा क्षेत्रलाई थाँती राखेर तमिलागा वेत्रि झागाम अर्थात् छोटकरीमा ‘टिभीके’ नामको पार्टी घोषणा गरे । उनको पछाडि कुनै वरिष्ठ नेता थिएनन् । कुनै राजनीतिक घराना थिएन । त्यसबेला दशकौँसम्म शक्तिमा रहेका एवं प्रभावशाली मानिने द्रविड मुन्नेत्र कड्डगम अर्थात् ‘डीएमके’ वा अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कड्डगम अर्थात् ‘एआईएडीएमके’ सँगको कुनै पनि गठबन्धन गरेका थिएनन् ।

टिभीके स्थापनादेखि चुनावसम्मको दुई वर्षसम्म उनले र उनको पार्टीले धेरै काम गर्‍यो । २ सय ३४ वटै निर्वाचन क्षेत्रका बुथ–स्तरीय सांगठनिक गतिविधि भए । सन् २०२४को अक्टोबरमा भएको पार्टी सम्मेलनले व्यापक सङ्ख्यामा मानिसहरूलाई सम्मेलन स्थल विक्रवन्दी इलाकामा आकर्षित गर्‍यो । 

महिला, विद्यार्थी, पहिलो पटक मतदान गर्नेहरू मतदाता तथा दैनिक ज्यालादारी कामदारहरूको मुद्दा समेटेर घोषणापत्र तयार पारियो । साथै घोषणापत्रमा सरकारले वाचा गर्ने र वाचा अनुरूप जनतालाई सेवा–सुविधा उपलब्ध नगराउने खाडललाई पुर्नका लागि समेत के गर्न सकिन्छ भन्ने प्रयास गर्‍यो ।

सन् २०२६ को मे ४ अर्थात् हिजो सोमबारका दिन, जब विधानसभा निर्वाचनको मतगणना सुरु भयो टिभीके एक सय भन्दा धेरै स्थानमा अग्रता कायम गर्दै गरेको देखा पर्‍यो । सन् २०२१ देखि सत्तामा सुविधाजनक बहुमतसहित शासनरत डीएमकेले टिभीकेलाई धेरै मतको अन्तरमा पछ्याइरहेको थियो । 

५ दशकपछि भारतमा वामपन्थी राज अन्त्य

आठ वर्ष अघि सरकार फिल्मलाई रोक्न खोज्ने एआईएडीएमके पार्टी भने आफ्नो राजनीतिक अस्तित्व रक्षाकै संघर्षमा झरेको देखियो । 

सन् २०१९ मा भारतको निर्वाचन आयोगले विजयको फिल्म सरकारको कथावस्तु प्रयोग गरेर कसैले आफ्नो नाममा जालसाजीपूर्वक मतदान गरेमा मतदाताले आफ्नो मतपत्र पुनः प्राप्त गर्ने कानुनी अधिकारका बारेमा सचेतना समेत फैलाएको थियो । 

भारतको निर्वाचन आयोगले पाद टिप्पणीका रूपमा प्रयोग गरेको कथा अहिले सन् २०२६ सम्म आइपुग्दा वास्तवमै पुरा भएको भविष्यवाणी जस्तै बन्न पुगेको छ । 

सन् २०१८ मा आएको आफ्नो फिल्ममा विजयले सुन्दर रामास्वामीको भूमिकामार्फत तमिलनाडुका जनतालाई एउटा आह्वान गरेका थिए । जनतालाई ‘जाऊ र भोट हाल’ भनेका थिए । आफूसँग भएको मतशक्तिको प्रयोग गर्न आह्वान गरेका थिए । आफ्नो अनुपस्थितिमा आफ्नो अधिकार अरूलाई खोस्न वा खेर जान नदिन आग्रह गरेका थिए । 

आठ वर्षपछि तमिलनाडुका जनता साँच्चिकै अपत्यारिलो सङ्ख्यामा मतदान केन्द्रमा पुगे । यस पटक भने मतदाताको सहभागिता ८५ दशमलव १ प्रतिशत पुग्यो । यस्तो सहभागिता विधानसभा निर्वाचनको इतिहासकै सर्वाधिक थियो । तमिलनाडुका ३८ जिल्लामध्ये ३२ वटामा कुल मतदाताको ८० प्रतिशत भन्दा बेसी मत खस्यो । 

तमिलनाडुवासीले त्यसबेला त्यो सिनेमा मात्रै हेरेका थिएनन् । उनीहरुले मन–मनै केही अठोट पनि गरेको हुनुपर्छ । उनीहरुले हलमा तालि बजाए र सिनेमा सकिएपछि चुपचाप आ–आफ्नो घर गए ।

आठ वर्षपछि तमिलनाडुका जनता साँच्चिकै अपत्यारिलो सङ्ख्यामा मतदान केन्द्रमा पुगे । यस पटक भने मतदाताको सहभागिता ८५ दशमलव १ प्रतिशत पुग्यो । यस्तो सहभागिता विधानसभा निर्वाचनको इतिहासकै सर्वाधिक थियो । तमिलनाडुका ३८ जिल्लामध्ये ३२ वटामा कुल मतदाताको ८० प्रतिशत भन्दा बेसी मत खस्यो । 

कुनै–कुनै निर्वाचन क्षेत्रमा त यो आंकडा ९० प्रतिशत भन्दा माथि पुग्यो । निर्वाचनको दिन मतदान केन्द्र खुल्नु अघि नै मानिसहरु मत खसाल्न लाइनमा बसिसकेका थिए । युवा मतदाताहरूको संख्या सबैको ध्यान तान्न सफल हुने खालको थियो । निर्वाचनमा उत्साहजनक सहभागिताका लागि कहिल्यै चर्चा नहुने पश्चिमी जिल्लाहरूमा पनि मतदाताहरूको उपस्थितिको अवस्था देखेर अवलोकनकर्ताहरू चकित थिए ।

कुनै समय काल्पनिक कथामार्फत मानिसहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न झकझकाउने व्यक्ति यस पटक आफैँ मतपत्रमा अङ्कित थियो । पार्टी स्थापना पछिका दुई वर्ष विजयले चलाएको अभियानले नै मानिसहरूलाई मतदानका लागि तानेको हो वा होइन ठोकुवा गरेर भन्न सकिन्न । तर के चाहिँ पक्का हो भने तमिलनाडुको इतिहासकै सबैभन्दा धेरै मतदान भएको बेला विजय पनि उम्मेदवार थिए भन्ने सबैसामु छर्लङ्ग छ ।

मे ४ तारिखमा मतगणना चल्दै गर्दा टिभीके एक सय भन्दा बेसी निर्वाचन क्षेत्रमा अगाडी आयो । सन् २०२१ मा १ सय ५९ क्षेत्रमा जितेको डीएमके सत्ता पक्ष भएर पनि निर्वाचनमा टिभीके भन्दा धेरै पछाडि पुग्यो । कुनै समय दक्षिण भारतको राजनीतिमा बर्चस्वशाली मानिने डीएमके यस पटक आफ्नै प्रदेशमा आफ्नो सान्दर्भिकता जोगाउनै पनि सङ्घर्षरत छ ।

सिनेमामा चमत्कार देखाएको आठ वर्षपछि त्यही भूमिका निर्वाह गर्ने व्यक्तिले कथाको अन्त्य भने वास्तविक जीवनमा आफ्नै लागि लेखेको जस्तो देखिएको छ । तर यी सबै परिणामबिच विजयका लागि अबका दिन त्यति सहज भने पक्कै हुने छैन । 

सिनेमा र वास्तविक जीवनमा धेरै अन्तर छ । आगामी दिनमा फिल्ममा जस्तो कुनै मध्यान्तरको सुनिश्चितता हुने छैन । तमिलनाडुमा जित्न जति सजिलो छ शासन गर्न त्यो भन्दा धेरै कठिन छ । सिनेमाकै शैलीमा जीत हात पारेका विजयलाई यो परिणाम दिएको राज्यले उनका हरेक कदम र निर्णयहरू नजिकबाट नियाल्ने छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बढ्न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, ४२ प्रतिशत मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन

काठमाडौँ — चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा (२५ असारसम्म) बैंक तथा वित्तीय संस्थामा १५ खर्ब ६० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । न्यून कर्जा माग र बढिरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालु वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढेको देखिन्छ ।  बढ्न...

देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार...

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२ – धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक...

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०