"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विद्यार्थी र कर्मचारी संगठन दलका ‘स्लिपर सेल’ बने– प्रधानमन्त्री बालेन

Table of Content

प्रधानमन्त्री बालेन शाहले विद्यार्थी र कर्मचारी संघ–संघटन ‘स्लिपर सेल’ बनेको टिप्पणी गरेका छन्। अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णयको प्रतिरक्षा गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा तिनैलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै स्लिपर सेलको टिप्पणी गरेका हुन्। 

जसको शाब्दिक अर्थ गुप्त रहेर अमुक व्यक्ति वा संस्थालाई काम गर्ने ‘लडाकू’ भन्ने हुन्छ।

‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्– विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो। वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका स्लिपर सेल बने। योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो। यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो,’ प्रधानमन्त्री बालेनले फेसबुक स्ट्याटसमार्फत भनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको उनको भनाइ छ। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने पनि उनले बताएका छन्।

‘तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो, शिक्षालयमा दलको झण्डा निषेध। कर्मचारीतन्त्रमा दलको झोला निषेध। यसले अधिकार खोस्दैन, बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ,’ उनको भनाइ छ।

सरकारको प्रयास यति मात्रै भएको उनले बताएका छन्।

उनले अगाडि भनेका छन्, ‘विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन।’

यो कुनै पार्टीविरुद्धको लडाइँ नभएको पनि उनको भनाइ छ। यो प्रणाली बचाउने प्रयास भएको उनको जिकिर छ। 

‘यो भविष्य बचाउने प्रयास हो। यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो। त्यसैले तपाईंहरूकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौं,’ उनले भनेका छन्।

यसमा सबैको साथ र विश्वासको अपेक्षा रहेको उनले बताएका छन्।

‘तपाईंको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईंहरूकै जनचाहना बमोजिम काम गर्न सरकार मा आएका हौं। तपाईं ढुक्क हुनुस् हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं,’ उनले अन्तिममा भनेका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन निकुञ्जमा फेरियो नेतृत्व, पुर्जालाई जिम्मेवारी

चितवन राष्ट्रिय निकुञ्जको वरिष्ठ संरक्षण अधिकृतमा डिलबहादुर पुर्जा पुनः फर्किने भएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तलाई वन तथा वातावरण मन्त्रालयले विभागमा सरुवा गरेपछि पुर्जालाई उक्त जिम्मेवारी दिइएको हो । यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतका रूपमा काम गरिसकेका पुर्जा पछिल्लो १५ महिनादेखि शिवपुरी राष्ट्रिय निकुञ्जमा कार्यरत थिए...

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन हुने भएको छ । तीनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने बताए । शत्र रोपनी...

मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।  यही मे र जुनमा हुने एशियाली खेलकुद महिला छनोट र एसीसी महिला प्रिमियर कपका लागि क्यानले हिजो टोलीको घोषणा गरेको हो । क्यानले...

तीन दिनपछि खुल्यो  बीपी राजमार्ग

तीन दिनपछि खुल्यो  बीपी राजमार्ग काठमाण्डौ – बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर बिहानदेखि सडक खुलाइएको काभ्रे प्रहरीले जनाएको छ ।  पानी परिरहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । गएको सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले सडक बन्द भएको थियो ।  वर्षा हुने बित्तिकै...

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो काठमाण्डौ – आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०