"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रुपन्देही क्षेत्रका उद्योग व्यवसायहरू चलायमान

Table of Content

काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यमा कडाइ गरेपछि रुपन्देही क्षेत्रका उद्योग–व्यवसायहरू चलायमान बन्न थालेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू भएपछि सुनौली नाका क्षेत्रका नेपाली व्यापारीहरूले खुसी व्यक्त गरेका छन् ।

 यसअघि स्थानीय नागरिकहरू सानोतिनो किनमेलका लागि पनि भारतीय बजार जाने गरेकाले नेपाली बजार सुनसान हुने र राज्यको राजस्वमा समेत गिरावट आउने गरेको थियो । अहिले पारिबाट ल्याइने सामानमा भन्सार लाग्ने भएपछि ती सामान महँगो पर्न गई उपभोक्ताहरू नेपाली बजारतर्फ नै आकर्षित हुन थालेका छन्, जसले स्वदेशी बजारको प्रवद्र्धनमा सहयोग पुर्‍याएको छ ।

यस कदमलाई उद्योगी–व्यवसायीहरूले सकारात्मक रूपमा लिँदै तस्करी नियन्त्रणका लागि अनिवार्य भन्सारको व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले अवैध रूपमा सामान भित्र्याउने कार्य र रात्रिको समयमा हुने तस्करीलाई रोक्नुपर्नेमा जोड दिएका छन् । 

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले भारतमा सामान सस्तो पाइन्छ भन्ने मानसिकता बदल्न जरुरी रहेको बताउँदै कतिपय सामान नेपालमै सस्तो रहेको उल्लेख गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठका अनुसार यो नियमको पालनाले राजस्व वृद्धि हुनुका साथै सीमा क्षेत्रमा हुने लागुऔषध सेवनजस्ता विकृति न्यूनीकरणमा समेत मद्दत पुग्नेछ ।

भैरहवा भन्सार कार्यालय बेलहियाले हाल १०० रुपैयाँभन्दा बढीका सामान ल्याउने सर्वसाधारणलाई भन्सार तिर्नुपर्ने विषयमा जागरुक बनाउँदै महसुल सङ्कलन गरिरहेको छ । भन्सार अधिकृत उद्धव ढुङ्गानाका अनुसार घरायसी प्रयोजनका लागि न्यून परिमाणमा ल्याइने सामानलाई व्यावहारिक रूपमा हेरिए पनि अन्यको हकमा कानुनअनुसार भन्सार लगाउने गरिएको छ । 

पहिलेदेखि नै रहेको यो नियमलाई अहिले सरकारले कडाइका साथ कार्यान्वयन गरेपछि सुरुमा केही असहज महसुस गरेका स्थानीयहरूमा पनि विस्तारै भन्सार तिर्ने बानी पर्न थालेको छ । यसले लामो समयदेखि सङ्कटमा रहेका सीमा क्षेत्रका नेपाली पसल तथा व्यवसायहरूलाई पुनर्जीवन दिने अपेक्षा गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०