"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रुपन्देही क्षेत्रका उद्योग व्यवसायहरू चलायमान

Table of Content

काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यमा कडाइ गरेपछि रुपन्देही क्षेत्रका उद्योग–व्यवसायहरू चलायमान बन्न थालेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू भएपछि सुनौली नाका क्षेत्रका नेपाली व्यापारीहरूले खुसी व्यक्त गरेका छन् ।

 यसअघि स्थानीय नागरिकहरू सानोतिनो किनमेलका लागि पनि भारतीय बजार जाने गरेकाले नेपाली बजार सुनसान हुने र राज्यको राजस्वमा समेत गिरावट आउने गरेको थियो । अहिले पारिबाट ल्याइने सामानमा भन्सार लाग्ने भएपछि ती सामान महँगो पर्न गई उपभोक्ताहरू नेपाली बजारतर्फ नै आकर्षित हुन थालेका छन्, जसले स्वदेशी बजारको प्रवद्र्धनमा सहयोग पुर्‍याएको छ ।

यस कदमलाई उद्योगी–व्यवसायीहरूले सकारात्मक रूपमा लिँदै तस्करी नियन्त्रणका लागि अनिवार्य भन्सारको व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले अवैध रूपमा सामान भित्र्याउने कार्य र रात्रिको समयमा हुने तस्करीलाई रोक्नुपर्नेमा जोड दिएका छन् । 

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले भारतमा सामान सस्तो पाइन्छ भन्ने मानसिकता बदल्न जरुरी रहेको बताउँदै कतिपय सामान नेपालमै सस्तो रहेको उल्लेख गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठका अनुसार यो नियमको पालनाले राजस्व वृद्धि हुनुका साथै सीमा क्षेत्रमा हुने लागुऔषध सेवनजस्ता विकृति न्यूनीकरणमा समेत मद्दत पुग्नेछ ।

भैरहवा भन्सार कार्यालय बेलहियाले हाल १०० रुपैयाँभन्दा बढीका सामान ल्याउने सर्वसाधारणलाई भन्सार तिर्नुपर्ने विषयमा जागरुक बनाउँदै महसुल सङ्कलन गरिरहेको छ । भन्सार अधिकृत उद्धव ढुङ्गानाका अनुसार घरायसी प्रयोजनका लागि न्यून परिमाणमा ल्याइने सामानलाई व्यावहारिक रूपमा हेरिए पनि अन्यको हकमा कानुनअनुसार भन्सार लगाउने गरिएको छ । 

पहिलेदेखि नै रहेको यो नियमलाई अहिले सरकारले कडाइका साथ कार्यान्वयन गरेपछि सुरुमा केही असहज महसुस गरेका स्थानीयहरूमा पनि विस्तारै भन्सार तिर्ने बानी पर्न थालेको छ । यसले लामो समयदेखि सङ्कटमा रहेका सीमा क्षेत्रका नेपाली पसल तथा व्यवसायहरूलाई पुनर्जीवन दिने अपेक्षा गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् । एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको...

संसदबाट चुनिएका बालेनको बेवास्ता : हिजो सहभागी भएनन्, आज पनि गएनन्

संसदबाट चुनिएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बुधबार जस्तै बिहीबार पनि सरकारकै नीति तथा कार्यक्रमको छलफल र जवाफमा सहभागी हुन अस्वीकार गरेका छन् । विपक्षीले विरोध गर्दै मुद्दा नै बनाएको विषयलाई प्रधानमन्त्री बालेनले बेवास्ता गरेका हुन् । बुधबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन नै प्रस्तुत गर्ने कार्यसूची थियो । त्यसैले कार्यसूचीमा...

काेहली बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने खेलाडी

काेहली बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने खेलाडी काठमाण्डाै – भारतीय ब्याटर विराट कोहली टी–२० क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति कोलकाता नाइट राइडर्ससँगको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुका खेलाडी कोहलीले नटआउट १०५ रन बनाउँदै यो कीर्तिमान बनाएका हुन् ।...

लालपुर्जा नपाउन्जेल सुकुम्वासीलाई मासिक १५ हजार रुपैयाँ घरभाडा दिने सरकारको तयारी

लालपुर्जा नपाउन्जेल सुकुम्वासीलाई मासिक १५ हजार रुपैयाँ घरभाडा दिने सरकारको तयारी काठमाण्डाै – सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले जानकारी दिनुभयो...

सार्वजनिक पदाधिकारीको गैरकानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह

सार्वजनिक पदाधिकारीको गैरकानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह काठमाण्डाै – सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ । आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैरकानूनी ढङ्गले सम्पत्ति आर्जन गरेको आशङ्का भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो । आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०