"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लियो

Table of Content

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । सोमबार सो पार्टीले सरकारमा रहेका मन्त्रीहरुलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो । 

आज बसेको मधेस प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए । जनमत पार्टीले कांग्रेस नेतृत्वमा रहेको सरकारले दलहरुको समन्वयमा काम नगरेको, सरकारले लिएको लक्ष्य अनुसार विकास निर्माणका कामहरु अगाडि नबढाएको, नीति तथा कार्यक्रम अनुसार काम गर्न नसकेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको हो। 

स्रोतका अनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।

कांग्रेसको नेतृत्वमा बनेको सरकारमा जसपा नेपाल, जनमत पार्टीका साथै नेकपा पनि रहेको छ । जसपा नेपाल र जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ ।

त्यसलगत्तै अर्को दलको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । स्रोतका अनुसार मधेसवादी दलहरूले एमालेसँग मिलेर सरकार बनाउने आन्तरिक तयारी गरिरहेका छन् । । तर एमालेले कांग्रेसलाई साथ दियो भने कुनै दलको आवश्यकता पर्ने छैन । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०