"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

Table of Content

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

काठमाण्डौ – सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । 

यस अघि सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । निर्णयअनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो । 

विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो । 

तर सरकारको निर्णय अमान्य रहेको भन्दै काठमाण्डौ उपत्यका मेयर्स फोरमले गएको वैशाख ११ गतेदेखि नै नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र आज १५ गतेदेखि नियमित पठनपाठन शुरू गर्न उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गरेको थियो । यसबाट विद्यार्थी भर्ना अन्योल भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आजदेखि नै  भर्ना थाल्न र २१ गतेदेखि पठनपाठन शुरू गर्न भनेको छ । 

सरकारको निर्णय नमानेर भर्ना गरिसकेका काठमाण्डौ उपत्यका भित्रका तथा उपत्यकाबाहिरका केही पालिकाले गएको ११ गतेदेखि नै भर्ना अभियान शुरू गरी आजदेखि नियमित पठनपाठन थाल्ने भएका छन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

काठमाडौँ । बैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लालीबजारको प्रदर्शन रोक्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले उक्त चलचित्रको प्रदर्शन रोक्न अल्पकालिन अन्तरिम आदेश गरेको हो ।  अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने...

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

चितवन । चितवनका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो। नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक राजस्व...

यूएईमा अलपत्र युवाको उद्धार

भरतपुर ।  यूएईमा करिब ९० दिनसम्म अलपत्र परेका भरतपुर–२ स्थायी घर भएका एक युवालाई भरतपुर महानगरपालिकाको पहल तथा सहकार्यमा नेपाल फिर्ता ल्याइएको छ। भरतपुर महानगरपालिकाका कार्यवाहक चित्रसेन अधिकारीको सचिवालयका अनुसार वैदेशिक रोजगारीका क्रममा युएई पुगेका ती युवा विभिन्न कारणले त्यहाँ समस्यामा परेर लामो समय अलपत्र अवस्थामा रहेका थिए। परिवारको अनुरोध तथा स्थानीय पहलपछि महानगरपालिकाले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै उद्धार प्रक्रिया...

कानुन विपरीत कर्मचारी/पदाधिकारीले चढ्दै आएका ६२२ सवारी साधन फिर्ता

कानुन विपरीत कर्मचारी तथा पदाधिकारीहरूले चढ्दै आएका ६२२ वटा सवारी साधन प्रधानमन्त्री तथ मन्त्रिपरिषद् कार्यालयमा फिर्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरू गरेको हो। कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी...

उत्तर कोरियामा महामारीको समयमा मृत्युदण्ड उल्लेखनीय रूपमा बढ्याे : प्रतिवेदन

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी सुस्ता गाँऊपालीका वडा नं. ५ का वडाअध्यक्ष लगायत ४ जना पक्राऊ परेका छन । पक्राऊ पर्नेमा सुस्ता गाँऊपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर, वडासचिव सञ्जय कुमार चौधरी, सुस्ता ५ का तारिक मिया अन्सारी र सुस्ताका छोटे खाँ रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी विरदत्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०