"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश

Table of Content

सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाभित्रको विभिन्न नदी किनार र सार्वजनिक ठाउँमा बनाइएका अतिक्रमित बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ । 

न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र काठमाण्डौ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यस विषयमा दुवै पक्षको छलफलका लागि यही वैशाख २२ मा बोलाउने आदेश भएको छ । 

गोपाल रन पहलीसमेत ११ जनाले वैशाख ११ गते सुकुम्वासी बस्ती खाली गर्न लागिएको भन्दै रिट निवेदन दर्ता गराउनुभएको थियो । काठमाण्डौको बागमती नदी किनारका सुकुम्वासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाण्डौ महानगरले निकालेको सूचनाविरुद्ध रिट निवेदन दायर गरिएको हो । 

सूचना लगत्तै थापाथली क्षेत्रको बागमती नदी किनारको बस्ती, गैरीगाउँ र भक्तपुरको मनोहरामा घर टहरा तथा संरचना हटाइएको छ । सरकारले काठमाण्डौ उपत्यकाभित्र तथा बाहिर पनि त्यस्ता अनधिकृत संरचना, घर टहरा हटाउने अभियानलाई निरन्तरता दिएको छ । 

रिट निवेदनमा काठमाण्डौ उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै ठाउँका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कारबाही नगर्नू, नगराउनु भनी माग गरिएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

काठमाडौँ । बैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लालीबजारको प्रदर्शन रोक्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले उक्त चलचित्रको प्रदर्शन रोक्न अल्पकालिन अन्तरिम आदेश गरेको हो ।  अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने...

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

चितवन । चितवनका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो। नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक राजस्व...

यूएईमा अलपत्र युवाको उद्धार

भरतपुर ।  यूएईमा करिब ९० दिनसम्म अलपत्र परेका भरतपुर–२ स्थायी घर भएका एक युवालाई भरतपुर महानगरपालिकाको पहल तथा सहकार्यमा नेपाल फिर्ता ल्याइएको छ। भरतपुर महानगरपालिकाका कार्यवाहक चित्रसेन अधिकारीको सचिवालयका अनुसार वैदेशिक रोजगारीका क्रममा युएई पुगेका ती युवा विभिन्न कारणले त्यहाँ समस्यामा परेर लामो समय अलपत्र अवस्थामा रहेका थिए। परिवारको अनुरोध तथा स्थानीय पहलपछि महानगरपालिकाले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै उद्धार प्रक्रिया...

कानुन विपरीत कर्मचारी/पदाधिकारीले चढ्दै आएका ६२२ सवारी साधन फिर्ता

कानुन विपरीत कर्मचारी तथा पदाधिकारीहरूले चढ्दै आएका ६२२ वटा सवारी साधन प्रधानमन्त्री तथ मन्त्रिपरिषद् कार्यालयमा फिर्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरू गरेको हो। कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी...

उत्तर कोरियामा महामारीको समयमा मृत्युदण्ड उल्लेखनीय रूपमा बढ्याे : प्रतिवेदन

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी सुस्ता गाँऊपालीका वडा नं. ५ का वडाअध्यक्ष लगायत ४ जना पक्राऊ परेका छन । पक्राऊ पर्नेमा सुस्ता गाँऊपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर, वडासचिव सञ्जय कुमार चौधरी, सुस्ता ५ का तारिक मिया अन्सारी र सुस्ताका छोटे खाँ रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी विरदत्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०