"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जीतपुरसिमरा उपमहानगरमा अटो, ई–रिक्सा र टेम्पो दर्तामा उदासीनता

Table of Content

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले अटो, ईलेक्ट्रिकल रिक्सा तथा टेम्पोलाई अनिवार्य रूपमा दर्ता गराउन पटक–पटक आह्वान गरे पनि सवारीधनीहरूको उल्लेख्य सहभागिता नदेखिएको छ। उपमहानगरपालिकाले तीन–तीन पटक सूचना जारी गर्दा समेत अपेक्षित रूपमा सवारीधनीहरू दर्ताका लागि नआएको पाइएको हो।

उपमहानगरपालिकाले पहिलो पटक २०८१ साल माघ २४ गते, दोस्रो पटक २०८१ साल चैत २७ गते र तेस्रो पटक २०८२ साल चैत २५ गते सूचना जारी गर्दै दर्ता तथा रुट इजाजत लिन आग्रह गरेको थियो। ती सूचनामार्फत पहिलो चरणमा १५ दिन, दोस्रो चरणमा ७ दिन र तेस्रो चरणमा पुनः ७ दिनको समयसीमा तोकिएको थियो। तर, उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख पुष्पा सिंहका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा जम्मा ७ जना र चालु आर्थिक वर्ष २०८२÷०८३ मा हालसम्म केवल २ जना मात्र दर्ताका लागि आएका छन्।

“सूचना पटक–पटक जारी गरिए पनि सवारीधनीहरूको उपस्थिति अत्यन्त न्यून छ,” उनले भनिन्।उपमहानगरपालिकाले जारी गरेको “अटो, ईलेक्ट्रिकल रिक्सा तथा टेम्पो रुट इजाजत सम्बन्धी कार्यविधि २०७९” को दफा ४ अनुसार उपमहानगरपालिकामा दर्ता नगरी कुनै पनि अटो वा ई–रिक्सा सञ्चालन गर्न पाइँदैन। साथै, नगरभित्र सञ्चालन हुने यस्ता सवारीलाई रुट इजाजत अनिवार्य गरिएको छ।तर, अर्कोतर्फ सवारीधनी तथा चालकहरू भने यस विषयमा अनभिज्ञ देखिएका छन्। अधिकांश चालकहरूले आफूहरूलाई दर्ता गर्नुपर्नेबारे कसैले जानकारी नदिएको वा कतैबाट थाहा नभएको बताएका छन्।

कम पढे–लेखेका धेरैजसो चालकहरूले जानकारी पाएपछि दर्ता गर्न तयार रहेको पनि बताएका छन्।उपमहानगर क्षेत्रमा करिब ५ सयभन्दा बढी अटो, ई–रिक्सा तथा टेम्पो सञ्चालनमा रहेका छन्, जसमा जीतपुर क्षेत्रमा मात्रै करिब २ सय ५० सवारी साधन रहेको अनुमान छ। यति ठूलो सङ्ख्यामा सवारी सञ्चालनमा रहँदा पनि दर्ता प्रक्रिया प्रभावकारी हुन नसक्नु चुनौतीको रूपमा देखिएको छ।यस अवस्थाले उपमहानगरपालिकाको राजस्व संकलनमा असर पर्नुका साथै सवारी व्यवस्थापन, ट्राफिक नियन्त्रण र सुरक्षामा समेत समस्या उत्पन्न हुने देखिन्छ।

दर्ता नहुँदा दुर्घटना, बीमा तथा कानुनी प्रक्रियामा समेत जटिलता आउन सक्ने सरोकारवालाहरू बताउँछन्।स्थानीय तहले अब सूचना प्रकाशनसँगै प्रत्यक्ष सचेतना अभियान, चालक तथा सवारीधनीसँग अन्तक्र्रिया, ट्राफिक प्रहरीसँग सहकार्य र वडास्तरबाट अनुगमनलाई तीव्र बनाउनु पर्ने आवश्यकता देखिएको छ। अन्यथा, नियम बनाइए पनि कार्यान्वयन कमजोर रहँदा यसको उद्देश्य पूरा हुन कठिन हुने देखिन्छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०