"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जीतपुरसिमरा उपमहानगरमा अटो, ई–रिक्सा र टेम्पो दर्तामा उदासीनता

Table of Content

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले अटो, ईलेक्ट्रिकल रिक्सा तथा टेम्पोलाई अनिवार्य रूपमा दर्ता गराउन पटक–पटक आह्वान गरे पनि सवारीधनीहरूको उल्लेख्य सहभागिता नदेखिएको छ। उपमहानगरपालिकाले तीन–तीन पटक सूचना जारी गर्दा समेत अपेक्षित रूपमा सवारीधनीहरू दर्ताका लागि नआएको पाइएको हो।

उपमहानगरपालिकाले पहिलो पटक २०८१ साल माघ २४ गते, दोस्रो पटक २०८१ साल चैत २७ गते र तेस्रो पटक २०८२ साल चैत २५ गते सूचना जारी गर्दै दर्ता तथा रुट इजाजत लिन आग्रह गरेको थियो। ती सूचनामार्फत पहिलो चरणमा १५ दिन, दोस्रो चरणमा ७ दिन र तेस्रो चरणमा पुनः ७ दिनको समयसीमा तोकिएको थियो। तर, उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख पुष्पा सिंहका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा जम्मा ७ जना र चालु आर्थिक वर्ष २०८२÷०८३ मा हालसम्म केवल २ जना मात्र दर्ताका लागि आएका छन्।

“सूचना पटक–पटक जारी गरिए पनि सवारीधनीहरूको उपस्थिति अत्यन्त न्यून छ,” उनले भनिन्।उपमहानगरपालिकाले जारी गरेको “अटो, ईलेक्ट्रिकल रिक्सा तथा टेम्पो रुट इजाजत सम्बन्धी कार्यविधि २०७९” को दफा ४ अनुसार उपमहानगरपालिकामा दर्ता नगरी कुनै पनि अटो वा ई–रिक्सा सञ्चालन गर्न पाइँदैन। साथै, नगरभित्र सञ्चालन हुने यस्ता सवारीलाई रुट इजाजत अनिवार्य गरिएको छ।तर, अर्कोतर्फ सवारीधनी तथा चालकहरू भने यस विषयमा अनभिज्ञ देखिएका छन्। अधिकांश चालकहरूले आफूहरूलाई दर्ता गर्नुपर्नेबारे कसैले जानकारी नदिएको वा कतैबाट थाहा नभएको बताएका छन्।

कम पढे–लेखेका धेरैजसो चालकहरूले जानकारी पाएपछि दर्ता गर्न तयार रहेको पनि बताएका छन्।उपमहानगर क्षेत्रमा करिब ५ सयभन्दा बढी अटो, ई–रिक्सा तथा टेम्पो सञ्चालनमा रहेका छन्, जसमा जीतपुर क्षेत्रमा मात्रै करिब २ सय ५० सवारी साधन रहेको अनुमान छ। यति ठूलो सङ्ख्यामा सवारी सञ्चालनमा रहँदा पनि दर्ता प्रक्रिया प्रभावकारी हुन नसक्नु चुनौतीको रूपमा देखिएको छ।यस अवस्थाले उपमहानगरपालिकाको राजस्व संकलनमा असर पर्नुका साथै सवारी व्यवस्थापन, ट्राफिक नियन्त्रण र सुरक्षामा समेत समस्या उत्पन्न हुने देखिन्छ।

दर्ता नहुँदा दुर्घटना, बीमा तथा कानुनी प्रक्रियामा समेत जटिलता आउन सक्ने सरोकारवालाहरू बताउँछन्।स्थानीय तहले अब सूचना प्रकाशनसँगै प्रत्यक्ष सचेतना अभियान, चालक तथा सवारीधनीसँग अन्तक्र्रिया, ट्राफिक प्रहरीसँग सहकार्य र वडास्तरबाट अनुगमनलाई तीव्र बनाउनु पर्ने आवश्यकता देखिएको छ। अन्यथा, नियम बनाइए पनि कार्यान्वयन कमजोर रहँदा यसको उद्देश्य पूरा हुन कठिन हुने देखिन्छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो आम्दानी र नाफामा ठूलो फड्को मारेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले सावर्जनिक गरेको वित्तीय वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा ४...

स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय, विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेकी हुन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी...

ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरूद्ध नेपालले २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले ४८.२ ओभरमा अल आउट हुँदै २०० रन बनाएको हो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले ९० बल खेलेर ७५ रन बनाए। त्यस क्रममा ५ चौका र २ छक्का प्रहार गरे। कुशल भुर्तेलले २५...

पथलैयामा ओभरलोड सवारीमाथि एक्सनः दुई दिनमै ६ गाडी कारवाहीमा

जीतपुर । पथलैयामा ट्राफिक प्रहरीले ओभरलोड मालवाहक सवारीसाधनविरुद्ध कडाइ बढाएको छ। क्षमताभन्दा बढी सामान बोकेर गुड्ने सवारीलाई लक्षित गर्दै सुरु गरिएको निगरानी अभियानअन्तर्गत दुई दिनमै ६ वटा गाडी कारवाहीमा परेका छन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार ती सवारीबाट १ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ। प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक...

जीतपुरसिमरा उपमहानगरमा अटो, ई–रिक्सा र टेम्पो दर्तामा उदासीनता

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले अटो, ईलेक्ट्रिकल रिक्सा तथा टेम्पोलाई अनिवार्य रूपमा दर्ता गराउन पटक–पटक आह्वान गरे पनि सवारीधनीहरूको उल्लेख्य सहभागिता नदेखिएको छ। उपमहानगरपालिकाले तीन–तीन पटक सूचना जारी गर्दा समेत अपेक्षित रूपमा सवारीधनीहरू दर्ताका लागि नआएको पाइएको हो। उपमहानगरपालिकाले पहिलो पटक २०८१ साल माघ २४ गते, दोस्रो पटक २०८१ साल चैत २७ गते र तेस्रो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०