"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारले थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटायो

Table of Content

काठमाण्डौ –  थापाथलीमा रहेको बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । अहिलेसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाण्डौ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका झन्डै ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो । 

‘अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहेका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ’, प्रजिअ पौडेलले भन्नुभयो, ‘सुकुम्वासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।’ आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उहाँले जानकारी दिनुभयो । 

सरकारले दुईदिन अघिदेखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुम्वासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो । 

थापाथली क्षेत्रमा अवैध संरचान हटाउन सुरक्षाकर्मी, प्राविधिक, डोजर अपरेटर, एम्बुलेन्स, सामग्री ओसापसार गर्ने ट्रक, उद्धार गरिएको नागरिकलाई पहिलो आश्रयस्थलसम्म लैजान कर्मचारी ओसार्न प्रयोग हुँदै आएका गाडी सञ्चालन गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । 

थापाथलीका सुकुम्वासीलाई त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाालामा राखिएको छ । त्यहाँ उनीहरूको विवरण सङ्कल भइरहेको छ । वास्तविक सुकुम्वासी पहिचान भएपछि उनीहरूलाई अस्थायी बसोबासका लागि व्यवस्था गरिएको ठाउँमा स्थानान्तरण गरिनेछ । अस्थायी बसोबासको प्रबन्ध शहरी विकास मन्त्रालयले गरिरहेको छ । 

प्रमुख जिल्ला अधिकारी पौडेलले आज काठमाण्डौको थापाथली क्षेत्र र गैरीगाउँ सिनामङ्गल क्षेत्रका घरहटरा हटाइने जानकारी दिनुभयो । समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन शुरू गरिने उहाँले बताउनुभयो । 

यसैबीच, मनोहराका सुकुम्वासी पनि घरटहरा छाडेर गएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित ठाउँमा लैजान अनुरोध गरिरहेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज र भोलि काठमाण्डाै उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिनुभएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०