"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकै सर्वाधिक प्रदूषित शहर बन्यो काठमाडौं, एक्यूआई २०० भन्दा माथि

Table of Content

काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख शहरको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वका प्रमुख सय शहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ ।

आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २१० छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । 

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

एयर क्वालिटी इन्डेक्स १६२ रहेको दिल्ली विश्वको सबैभन्दा प्रदूषण भएको दोस्रो शहरमा परेको छ ।

त्यस्तै, १५२ एक्यूआईसहित बंगलादेशको ढाका तेस्रो सर्वाधिक प्रदूषित सहर बनेको छ । प्रदूषणको उच्च मापन भएका अन्य सहरहरूमा थाइल्यान्डको चियाङ माई १५१ एक्यूआईसहित चौथो स्थानमा छ।

यसैगरी, पाकिस्तानको लाहौर १४४ एक्यूआईसहित पाँचौँ र भारतको कोलकाता १२७ एक्यूआईसहित छेठौँमा छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बैंकमा अधिक तरलता, आज एकैदिन एक खर्ब २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाणडौ – बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।  १९ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत एक खर्ब २० अर्ब रकम खिच्न लागेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३...

व्यवसायीलाई धरपकड गरेको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनको गम्भीर ध्यानाकर्षण

काठमाण्डौ – उद्यमी व्यवसायीप्रति भइरहेको धरपकड र थुनछेकले निरुत्साहित भएको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  नयाँ सरकार गठनपछि देशमा स्थिरता र...

विश्वकै सर्वाधिक प्रदूषित शहर बन्यो काठमाडौं, एक्यूआई २०० भन्दा माथि

काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख शहरको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वका प्रमुख सय शहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ । आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २१० छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।  एक्यूआई १०१ देखि १५० को...

‘धरतीको नर्क’: ट्रम्पले भारतको बारेमा ‘विवादास्पद’ पोस्ट सेयर गरेपछि तीव्र आलोचना

ठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी लेखक तथा रेडियो प्रस्तोता माइकल सेभेजको जन्मसिद्ध नागरिकतासम्बन्धी विवादास्पद सन्देश सेयर गरेका छन्। यसमा सेभेजले वर्तमान कानुनले आप्रवासीहरूलाई गर्भावस्थाको “नवौँ महिना” मा अमेरिका पुगेर स्थानीय कानुनको फाइदा उठाउन अनुमति दिएको दाबी गरेका छन्। ट्रम्पले सेयर गरेको सेभेजको भनाइमा लेखिएको छ, “यहाँ जन्मिएको बच्चा तुरुन्त नागरिक बन्छ र त्यसपछि उनीहरू...

पत्रकार आचारसंहिता उल्लङ्घन बढेपछि प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ। काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ । काउन्सिलले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०