"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

माडीका वडा नं–१ र २ मा सार्वजनिक सुनुवाइ

Table of Content

माडी । माडी नगरपालिकाका सबै वडाहरुमा वडास्तरीय सार्वजनिक सुनुवाइ सञ्चालन भएका छन् । कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी, नाला व्यवस्थापन, बसोवास, स्वास्थ्यसेवालगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।

बुधबार बरूवास्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय भवनको खुला हलमा माडी–२ वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वडास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाइमा सहभागी रहँदै माडी नगरपालिका–२ का वडावासीले भैरवपुरस्थित विद्यालय भवन बेवारिसे अवस्थामा रहेको भन्दै यसको व्यवस्थापन गर्न माग गरे । साथै, विपन्न विद्यार्थीहरुले स्कुल बसको भाडा तिर्न नसकेको उल्लेख गर्दै यसतर्फ वडाले ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै निकुञ्जछेउका गाउँहरुमा जङ्गली जनावरको समस्या बढ्दै गएको उल्लेख गर्दै समस्या न्यूनीकरणका लागि पहल गर्न माग गरे ।

त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बिमा र आयआर्जनमा सहयोग गर्नुपर्ने, आधारभूत आवश्यकतामा प्राथमिकता दिनुपर्ने र त्यसपछि मात्र भ्यू–टावर, सङ्ग्रहालय, पार्क वा रङ्गशाला निर्माण गर्नुपर्ने, खेल क्षेत्रमा लगानी बढाउन र थप स्थानमा खुला व्यायामशाला निर्माण गर्नुपर्ने आवश्यकता औँल्यायका थिए । वडाध्यक्ष डण्डपाणि पौडेलले सहभागीका प्रश्नको जवाफ दिएका थिए ।

यस्तै, माडी–१ वडा कार्यालयले गरेको सार्वजनिक सुनुवाइमा वडावासीहरुले लक्ष्मुनियाँको बाटो अधुरो रहँदा धुलाम्मे भएको, द्रौपतीनगर खानेपानीबाट दिनको एक घन्टा मात्र पानी आउने गरेको, शिविर टोलपछाडिको नाला अधुरो रहेको, कालोपत्रे सडकका लागि उठाइएको रकम नगरपालिकामा जम्मा गरेको पाँच वर्ष भइसक्दा पनि करिब १ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको गुनासो गरेका थिए ।

यस्तै, विपद् व्यवस्थापनका लागि डाङ्ग्रे खोला, चितई खोलालगायतमा करिडोर निर्माणको पहल गर्न, बरूवा बजारका हेमलाल ढकालले बजार क्षेत्रमा नाला व्यवस्थापन तथा चैनपुर जाने बाटोमा रहेको डाङ्ग्रे खोलामा पुल निर्माण गर्न सुझाव दिएका थिए । सहभागीहरुका प्रश्नको जवाफ वडाध्यक्ष अमितकुमार लामाले दिएका थिए ।

बुधबार माडी–२ र बिहीबार माडी–३ मा सार्वजनिक सुनुवाइ सञ्चालन भएका छन् भने आज शुक्रबार माडी–४ मा सञ्चालन हुनेछ । त्यसैगरी, वैशाख १४ गते सोमबार वडा नं–५ मा, १५ गते मङ्गलबार वडा नं–६ मा, १६ गते बुधबार वडा नं–७ मा, १७ गते बिहीबार वडा नं–९ को कृष्णनगरमा, १८ गते (बुद्धजयन्ती पर्वका दिन) हनुमानझुला (प्रस्तावित वडा नं–१०) मा र वैशाख २१ गते सोमबार माडी–८ मा सार्वजनिक सुनुवाइ हुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ । सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो । कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय...

स्पेनका पूर्वप्रधानमन्त्रीले फ्रान्सेली विश्वकप टोलीबारे गरे ‘रंगभेदी’ टिप्पणी

काठमाडौं । स्पेनका पूर्वप्रधानमन्त्री मारियानो राजोयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा कोही वास्तविक फ्रान्सेली खेलाडी नरहेको आशयको टिप्पणी गरेका छन् । योसँगै स्पेन र फ्रान्स दुवै देशमा उनको व्यापक आलोचना भइरहेको छ । स्पेनले मंगलबार (नेपाल समयानुसार बुधबार बिहान) विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ । आइतबार स्पेनिस अनलाइन समाचारमाध्यम एल डिबेटमा प्रकाशित एक विचार लेखमार्फत...

सुनचाँदीको भाउ घट्यो,  सुन तोलको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोवार

काठमाण्डौ — सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ...

खरबुजाको बीउ बरामद गर्न एसपीकै कमान्डमा ५५ प्रहरी परिचालन

झापा — भद्रपुर नगरपालिका–३ को एक निजी घरमा छापा मारेर ९ सय ४८ बोरा खरबुजाको बीउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख (एसपी) वसुन्धरा खड्काकै कमान्डमा ५५ जना प्रहरी परिचालन गरिएको छ । सामान्यतया यस्ता बरामदमा सीमित प्रहरी टोली खटिने भए पनि यसपटक जिल्ला प्रहरी कार्यालयले उच्च तहको कमान्ड र ठूलो संख्यामा जनशक्ति परिचालन गरेपछि अपरेसनको संवेदनशीलताबारे...

मोदी खोलाको बाढीले घर–रेष्टुरेन्ट बग्यो, घान्द्रुक सडक अवरुद्ध

काठमाण्डौ —  कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोलामा आएको  लेदोसहितको आकस्मिक बाढीका कारण मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट तथा सडकमा ठूलो क्षति पुगेको छ । बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने मोदी खोलामा सञ्चालित चारवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०