"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विद्यालय खोल्न खुट्टा कमाएका चितवनका पाँच पालिका

Table of Content

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले वैशाख २ गतेदेखि भर्ना अभियान चलाइरहेका छ । वैशाख ८ गतेदेखि त धमाधम इच्छाकामना गाउँपालिकामा पठनपाठन भइरहेको छ । माडी नगरपालिकाले आज शुक्रबारदेखि भर्ना अभियान सँगसगैँ विद्यालयमा शैक्षिक क्रियाकलाप अगाडि बढाउँदैछ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन चलाइरहेका छन् । तनहुँको देवघाटलगायतका स्थानीय तहले पठनपाठन अगाडि बढाइसकेका छन् । तर, बिडम्बना भन्नुपर्छ, चितवनका पाँच पालिकाहरुले स्थानीय सरकारको अधिकारसमेत प्रयोग नगरी खुट्टा कमाइरहेका छन् ।

संघीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै चितवनका दुई पालिकाले पठनपाठन सञ्चालन गर्दा अन्य पालिकाले ‘वैशाख १५ गतेभन्दा अगाडि विद्यालय सञ्चालन नगर्नू’ भन्दै सूचना निकालेका छन् ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकाले संघीय सरकारकारको शैक्षिक तालिकालाई शिरोधार्य गरेका छन् । माडी र इच्छाकामनाले आफ्नो शैक्षिक तालिकालाई अबलम्बन गरेका हुन् ।

‘इच्छाकामना गाउँपालिकाले वैशाख २ बाट भर्ना अभियान चलाएको हो, ८ देखि त हामीले पठनपाठन सुरु गरेका छौँ’ इच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरुङले भने, ‘हाम्रो शैक्षिक तालिकाअनुसार पठनपाठन गरेका हौँ, उस्तै परेमा आइतबार पनि विद्यालय चलाउन सक्छौँ, नभए समयमै पाठ्यपुस्तकका कोर्सहरु पढाएर सकिदैन ।’ उनका अनुसार पाठ्यपुस्तक उही, पढाउनुपर्ने कोर्सहरु उही, अनि बिदा गरेर कसरी गुणस्तर बढ्छ ।

उनले वैशाख २ गतेबाट विद्यालय चलाउँदै अहिलेसम्म कसैले केही गुनासो नगरेको तर सबैबाट सवत्र्र स्वागत पाइहेको बताए । उनले भने, ‘पढाइ चलाएर कहीँबाट कुनै समस्या खडा भएको छैन, संघीय सरकारले केही भनेको छैन, स्थानीय पालिकाको अधिकारको प्रयोग भन्दा पनि स्थानीय तहको शैक्षिक क्यालेन्डरलाई फलो गरेका हौँ ।’

माडी नगरपालिका प्रमुख ताराकाजी कुमारी महतोले आज शुक्रबाट विद्यालयहरुमा भर्ना अभियान चलाउने निर्णय भएको बताइन् । उनले भनिन्, ‘वैशाख १४ गतेबाट पढाइ चलाउँछौँ, ११ गते शुक्रबार भर्ना चलाउँछौँ, माडी नगरपालिका आफ्नो शैक्षिक तालिकामा हिँड्छ ।’

संघीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि चितवनका दुई पालिकाले शैक्षिक क्यालेन्डरमा प्रभाव पार्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन्, तर भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकाले संघीय सरकारले भनेबमोजिम वैशाख १५ गतेबाट भर्ना अभियान चलाउने निर्णय गरेका छन् । कालिका नगरपालिका, भरतपुर महानगरपालिकाले सूचना नै निकालेर १५ गतेअगावै विद्यालय सञ्चालन नगूर्न भनेका छन् ।

संस्थागत विद्यालयहरुको संगठन प्याव्सन चितवनका अध्यक्ष मदन पुरीले माडी र इच्छाकामनाले विद्यालय चलाउन आँट गर्दा अन्य पालिकाले त्यो आँट गर्न नसकेको बताए । उनले भने, ‘विद्यालय खोल्न सकिएन, पालिकाहरुले नै विद्यालय नचलाउनू भनेपछि कसरी चलाउने ? बसहरु नचलाई हुँदैन । बस चलाउन नपाइने भएपछि विद्यालय खोल्नुको पनि के अर्थ रहन्छ र ?’ उनले प्याव्सनअन्तर्गतका सबै विद्यालयहरु यतिबेला बन्द नै रहेको बताए । अभिभावकहरुले विद्यालय चलाउन दबाब दिए पनि चलाउन नसकिएको उनको भनाइ छ ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले संघीय सरकारले गरेको निर्देशनलाई पालना गर्ने निर्णय भएको बताए । उनले भने, ‘महानगरको शैक्षिक तालिकालाई परिमार्जन गरेका छौँ, विद्यार्थीलाई कुनै घाटन नहुने गरी कोर्सहरुमा आवश्यक परे परिवर्तन गर्नेछौँ । विद्यालयहरु संघीय सरकारको निर्देशनअनुसार १५ गतेबाट नै भर्ना अभियान र २१ गतेबाट पठनपाठन गर्नेछौँ ।’

नवलपुरमा धमाधम पठनपाठन

नवलपुरको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ । त्यसैगरी, कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि मंगलबार र बुधबारदेखि पढाइ सुरु गराएका छन् । कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले पालिकाभित्रका विद्यालयहरुले मंगलबारदेखि नियमित पठनपाठन सुरू गरेको बताए । हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले पालिकामा बुधबारदेखि नियमित पठनपाठन सुरु भएको बताए ।

जिल्लाको बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि नियमित शिक्षण अभ्यास सुरु गर्ने भएका छन् । सङ्घीय सरकारले २१ गतेदेखि मात्रै पढाइ सुरु गर्न भनेको भए पनि अभिभावकहरुको आग्रहमा नवलपुरका पालिकाहरुले पढाइ सञ्चालनमा ल्याएका छन् ।

जिल्लाको देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने संघीय सरकारको निर्देशनविरूद्ध नजाने निर्णय गरेका छन् । कतै पढाइ कतै बन्द हुँदा अभिभावकहरु भने अन्यौलमा परेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०