"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

माडीका वडा नं–१ र २ मा सार्वजनिक सुनुवाइ

Table of Content

माडी । माडी नगरपालिकाका सबै वडाहरुमा वडास्तरीय सार्वजनिक सुनुवाइ सञ्चालन भएका छन् । कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी, नाला व्यवस्थापन, बसोवास, स्वास्थ्यसेवालगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।

बुधबार बरूवास्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय भवनको खुला हलमा माडी–२ वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वडास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाइमा सहभागी रहँदै माडी नगरपालिका–२ का वडावासीले भैरवपुरस्थित विद्यालय भवन बेवारिसे अवस्थामा रहेको भन्दै यसको व्यवस्थापन गर्न माग गरे । साथै, विपन्न विद्यार्थीहरुले स्कुल बसको भाडा तिर्न नसकेको उल्लेख गर्दै यसतर्फ वडाले ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै निकुञ्जछेउका गाउँहरुमा जङ्गली जनावरको समस्या बढ्दै गएको उल्लेख गर्दै समस्या न्यूनीकरणका लागि पहल गर्न माग गरे ।

त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बिमा र आयआर्जनमा सहयोग गर्नुपर्ने, आधारभूत आवश्यकतामा प्राथमिकता दिनुपर्ने र त्यसपछि मात्र भ्यू–टावर, सङ्ग्रहालय, पार्क वा रङ्गशाला निर्माण गर्नुपर्ने, खेल क्षेत्रमा लगानी बढाउन र थप स्थानमा खुला व्यायामशाला निर्माण गर्नुपर्ने आवश्यकता औँल्यायका थिए । वडाध्यक्ष डण्डपाणि पौडेलले सहभागीका प्रश्नको जवाफ दिएका थिए ।

यस्तै, माडी–१ वडा कार्यालयले गरेको सार्वजनिक सुनुवाइमा वडावासीहरुले लक्ष्मुनियाँको बाटो अधुरो रहँदा धुलाम्मे भएको, द्रौपतीनगर खानेपानीबाट दिनको एक घन्टा मात्र पानी आउने गरेको, शिविर टोलपछाडिको नाला अधुरो रहेको, कालोपत्रे सडकका लागि उठाइएको रकम नगरपालिकामा जम्मा गरेको पाँच वर्ष भइसक्दा पनि करिब १ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको गुनासो गरेका थिए ।

यस्तै, विपद् व्यवस्थापनका लागि डाङ्ग्रे खोला, चितई खोलालगायतमा करिडोर निर्माणको पहल गर्न, बरूवा बजारका हेमलाल ढकालले बजार क्षेत्रमा नाला व्यवस्थापन तथा चैनपुर जाने बाटोमा रहेको डाङ्ग्रे खोलामा पुल निर्माण गर्न सुझाव दिएका थिए । सहभागीहरुका प्रश्नको जवाफ वडाध्यक्ष अमितकुमार लामाले दिएका थिए ।

बुधबार माडी–२ र बिहीबार माडी–३ मा सार्वजनिक सुनुवाइ सञ्चालन भएका छन् भने आज शुक्रबार माडी–४ मा सञ्चालन हुनेछ । त्यसैगरी, वैशाख १४ गते सोमबार वडा नं–५ मा, १५ गते मङ्गलबार वडा नं–६ मा, १६ गते बुधबार वडा नं–७ मा, १७ गते बिहीबार वडा नं–९ को कृष्णनगरमा, १८ गते (बुद्धजयन्ती पर्वका दिन) हनुमानझुला (प्रस्तावित वडा नं–१०) मा र वैशाख २१ गते सोमबार माडी–८ मा सार्वजनिक सुनुवाइ हुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०