"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ७९ अर्ब ५४ करोडको सामग्री निर्यात

Table of Content

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब १९ करोड अर्थात् १५ प्रतिशत बढी आयात भएको हो ।

जबकि गत आर्थिक वर्षको नौ महिनामा भने ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताए ।

यो नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा भने पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो ।

त्यस्तै  चालु आर्थिक वर्षको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आर्थिक वर्षको सोही अवधिमा भने ५९ करोड मूल्यको मात्रै भएको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा रु पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आर्थिक वर्षको सोही अवधिमा भने छ अर्ब ६१ करोड मूल्यको भएको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडा निर्यात भयो ।  त्यस्तै चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्डिकेट यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

IMG_3249-696x361 (1)

वीरगञ्जमा मापसे गरी चलाएको ट्याङ्करको ठक्करबाट ई–रिक्साका ९ यात्रु घाइते

बारा, २१ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी चोक नजिकै हुलाकी सडक-खण्डमा बुधबार राति...
IMG-20260806-WA0000-720x470-1

धनसार पुल नजिकै १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै पेट्रोल बोकेको ट्याङ्कर...
Ngt-butwan-Road-1280x720

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, २१ साउननिर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला...
bp-1-1280x720 (1)

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन, २१ साउनबिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय...
Nepal_rast_bank_fyPZlbnJCb (1)

डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गर्‍यो संशोधित कार्यविधि

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०