"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुदनलाई भित्र्याउँदै हर्क : वरिष्ठ नेता र कोसीको मुख्यमन्त्री दिने वचन

Table of Content

केही समयअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदबाट राजीनामा दिएका सुदन किरातीले बुधबार साधारण सदस्य समेत त्याग गरे। उनले राजीनामा दिनुको कारण खुलाएका छैनन्, न त आगामी यात्राबारे नै केही  भनेका छन्। 

तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी साथ उनले राजीनामा दिएको सुदननिकट नेताहरूको भनाइ छ। हर्कले सुदनलाई पार्टीको वरिष्ठ नेता बनाउने वचन दिइसकेको नेताहरूले बताएका छन्।


पाँच महिनाअघि मात्र सुदन नेकपाबाट जनार्दन शर्मासँगसँगै बाहिरिएका थिए। उनीहरूले डा बाबुराम भट्टराई, रास्वपा छाडेका सन्तोष परियारलगायतसँग मिलेर प्रलोपा गठन गरेका थिए। 

चुनावलाई लक्षित गरी खोलिएको सो पार्टी चुनाव नआइपुग्दै थला पर्‍यो। चुनावमा सो पार्टीले एक सिट पनि जितेन। जनार्दन पराजित भए। बाबुरामले दिएको उम्मेदवारी फिर्ता लिए। सुदनले उम्मेदवारी नै दिएनन्।

बरु सुदनले आफ्नो क्षेत्र भोजपुर र धरानमा श्रम संस्कृतिका उम्मेदवारलाई सघाए। भोजपुरमा त घरघरै पुगेर उनले श्रम संस्कृतिकै ध्रुवराज राईलाई मत मागेका थिए। नभन्दै राई चुनाव पनि जिते।

चुनाव प्रचारमा खटिएकै बेला कोसीमा हर्कको पक्षमा जनलहर देखेपछि सुदनले श्रम संस्कृतिमा राजनीतिक भविष्य देखेका थिए।

त्यसपछि उनको हिमचिम श्रम संस्कृति पार्टीका नेताहरूसँग बढ्दै गयो। अध्यक्ष हर्कराज साम्पाङले सुदनलाई पार्टीमा भित्र्याउन पटकपटक छलफल गरिसकेका छन्। हर्कले सुदनलाई श्रम संस्कृतिमा ल्याउन उपाध्यक्ष लगायतका पद प्रस्ताव गरेका थिए।

तर, सुदनले त्यसलाई अस्वीकार गरेपछि उनी वरिष्ठ नेता पद दिन तयार भएका हुन्।

हर्कको प्रस्तावबारे किराती पनि सकारात्मक रहेको उनीनिकटहरूको भनाइ छ।

सम्भवतः केही दिनमै यसबारे निर्णय हुने श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले जानकारी दिए।

‘उहाँलाई पार्टीमा ल्याउने विषयमा छलफल भइरहेको छ, वरिष्ठ नेता बनाउने भनेर बाहिर आएको पनि छ,’ उनले  भने, ‘कसरी अगाडि जाने भनेर पटकपटक उहाँसँग कुरा भइरहेको छ।’ 

यद्यपि, पदको विषय आपसी समझदारीमा टुंगो लगाउन सकिने उनको भनाइ छ।

नेताहरूका अनुसार सुदन एक्लै भन्दा पनि एउटा समूह नै लिएर श्रम संस्कृतिमा प्रवेश गर्ने सम्भावना छ।

‘उहाँसँग आफ्नै टिम पनि छ, त्यसमा विभिन्न पार्टी छोडेका युवाहरू छन्,’ श्रम संस्कृतिका अर्का एक नेताले भने, ‘त्यही टिमसहित उहाँसँग एकता होला।’

सुदनले भने आफूले निर्णय गरिनसकेको बताए। तथापि, अबको राजनीति श्रम संस्कृतिबाटै हुने संकेत गरे। 

‘विभिन्न चरणमा छलफल भएको साँचो हो,’ उनले भने, ‘मैले कुनै निर्णय गरिसकेको छैन, भेटघाट र रायसल्लाह लिँदैछु।’

प्रतिनिधि सभाको सुनसरी २, भोजपुर र खोटाङमा प्रत्यक्षतर्फ जितेको श्रम संस्कृतिले समानुपातिकमा पनि ३ लाख मत कटाएको छ। ७ सांसद रहेको श्रमसंस्कृति पार्टीले कोसी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई टक्कर दिएको थियो।

धरान उपमहानगरपालिकाको मेयर हुँदा पानी बाँडेर धरानेको मन जितेका साम्पाङले चुनावको मुखमा आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरेका हुन्। अहिले उनको पार्टीको केन्द्रीय समिति २८ सदस्यीय रहेको महासचिव आरेन राइले बताए।

सुदनलाई ल्याउन पार्टीले रास्वपाकै शैलीमा वरिष्ठ नेता राख्ने भएको छ। सुदनलाई भित्र्याउनुका पछाडि श्रम संस्कृतिको नजर भने स्थानीय र प्रदेश सभाको चुनावमा देखिन्छ। 

हर्क लोकप्रिय छन् तर उनको ठाडो शैलीका कारण पार्टीमा संगठन व्यवस्थापन गर्न सक्ने नेताको खाँचो परेको सो पार्टीका अन्य नेताहरूको बुझाइ छ। सुदनले त्यो खाँचो पूरा गरिदिने संकेत उनीहरूले गरे।

‘सुदनजीको कोसी मात्र होइन, देशभर प्रभाव राम्रो छ, मन्त्री भएको, पटकपटक सांसद भएकोले त्यो अनुभव हामीलाई आवश्यक छ,’ श्रम संस्कृति पार्टीका ती नेताले भने, ‘अब स्थानीय र प्रदेश सभाको चुनावमा केन्द्रित हुँदा त्यो अनुभव हामीलाई अझ ज्यादा आवश्यक पर्छ।’

चुनावताका बालेन्द्र शाहसँग एकता गरेर रास्वपाले प्रतिनिधि सभामा दुई तिहाइ सिट जितेको देखेका हर्कले सुदन लगायतलाई पार्टीमा भित्र्याएर कोसीमा स्थानीय र प्रदेश सभाको चुनावमा जित्ने रणनीति बनाएका छन्। 

किरातीलाई कोसी प्रदेशको मुख्यमन्त्री प्रस्ताव गरेर जान पनि साम्पाङ तयार छन्। 

‘उहाँलाई मुख्यमन्त्री बनाउनपर्छ भन्ने जनताको दबाब छ, सायद त्यही हुन्छ होला,’ श्रम संस्कृतिका ती नेताले भने।

महासचिव आरेन राईले भने त्यसबारे निष्कर्षमा नपुगिएको दाबी गरे।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार...

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२ – धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक...

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

धोबीघाट ढल प्रशोधन केन्द्रको परीक्षण सुरु, बागमती सफा हुने अपेक्षा

ललितपुर। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार ३० असारदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता राख्छ। पीआईडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सीजीसीओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौं उपत्यकाको ढल व्यवस्थापनमा महत्त्वपूर्ण...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०