"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका

Table of Content

रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको खबरले स्थानीय क्षेत्र शोकमा डुबेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलवार राति करिब साढे ८ बजे भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति एउटा सानो डुङ्गामा सवार थिए। गङ्गा नदी पार गर्ने क्रममा अचानक डुङ्गा पल्टिएपछि यात्रुहरू नदीमा डुबेका थिए।

दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ। घाइतेमध्ये सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल (पीएमसीएच) पठाइएको वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले जानकारी दिएकी छन्। उद्धारका लागि राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) को टोली परिचालन गरिएको छ।

बालबालिकाको मृत्युले गाउँमा शोक

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर अन समूहका बालबालिका रहेको बताइएको छ। प्रहरीले मृतकमध्ये पिंकी, अंकिता, सुनीता, आर्यन, अलिशा, सिकी, भोणु र मीरासहित केहीको पहिचान खुलेको जनाएको छ।

सानो डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार थिए वा अन्य कारणले दुर्घटना भएको हो भन्ने विषयमा उपलब्ध विवरणमा स्पष्ट खुलाइएको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रशासनविरुद्ध आक्रोश, डीएमको घेराउ

दुर्घटनापछि उद्धार व्यवस्थापन र प्रशासनको भूमिकालाई लिएर स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। घटनास्थल पुगेकी जिल्ला अधिकारी वर्षा सिंहलाई स्थानीयले घेराउ गर्दै विरोध जनाएका छन्। उनीहरूले प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए। दुर्घटनाले निम्त्याएको ठुलो मानवीय क्षतिपछि राघोपुर क्षेत्रमा शोकसँगै आक्रोश पनि फैलिएको छ।

मृतक परिवारलाई ६ लाख भारतीय रुपैयाँ राहत

दुर्घटनापछि बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै, भारतीय प्रधानमन्त्री कार्यालय (पीएमओ) का तर्फबाट मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरिएको विवरणमा उल्लेख छ।

1000652615

यसअनुसार मृतकका परिवारले दुवै स्रोतबाट गरी जनही छ लाख भारतीय रुपैयाँ राहत पाउनेछन्। घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गङ्गा नदी पार गर्ने क्रममा भएको यस दुर्घटनाले नदीमा सुरक्षित आवागमन, डुंगाको क्षमता र यात्रुको सुरक्षासम्बन्धी प्रश्नसमेत उठाएको छ। घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कोप–३१ सम्मेलन आजदेखि शुरु : नेपालले जलवायु न्याय खोज्ने

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुग्नुभएको छ । आजदेखि शुरु भई मङ्सिर ४ गतेसम्म चल्ने सम्मेलनको उद्घाटनसत्रलाई आज उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । नेपालले यो सम्मेलनमा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण...

एनपीएलमा आज कर्णाली र पोखरा तथा चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ । दोस्रो खेल बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलको पछिल्लो अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । ५ खेल खेलेको लुम्बिनीले ३...

लक्ष्मीपूजाको दिन हिजो बेलुका १ हजार ८१३ मेगावाट विद्युत् खपत

काठमाण्डौ – यसवर्ष लक्ष्मीपूजाको दिन हिजो आइतबार बेलुका १ हजार ८१३ मेगावाट विद्युत्  माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हिजो बेलुका सवा ६ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग अर्थात् (पीक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो । त्यसबेला देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । आन्तरिक माग...

निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?: कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको विषयमा प्रश्न उठाएका हुन्। उनले उक्त...

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७०० मेगावाट पुग्ने, कसरी व्यवस्थापन गर्दैछ प्राधिकरण ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका बेला आज साँझ विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। लक्ष्मीपूजामा मुलुकभर सबैभन्दा बढी विद्युत्को माग हुने गरेको छ। उक्त मागअनुसार विद्युत् लोड व्यवस्थापन गरी उपभोक्तालाई भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले विशेष तयारी गरेको छ। प्राधिकरणले उक्त माग...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०