"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित

Table of Content

११ असोज, काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ ।

नेपाल टेलिकमले २०८३ असोज ८ गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा सेवा अवरुद्ध भएको जनाएको हो ।

कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको छ ।

यस्तै, विद्युत् आपूर्तिमा भएको अवरोध र हिमपात, वर्षात् तथा बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा सञ्चालनमा समस्या देखिएको टेलिकमले जनाएको छ ।

प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम जारी रहेको र सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य भइरहेको टेलिकमले सूचना जारी गरी जानकारी दिएको छ ।

मौसममा सुधार आएसँगै प्रभावित कार्यस्थलमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको कम्पनीको भनाइ छ ।

सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ ।

साथै, बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिमा पनि ग्राहकले धैर्यता देखाएको भन्दै नेपाल टेलिकमले आभार व्यक्त गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

77087fc2-afb4-4ecb-9fed-4c032f4e7d80 (1)

नारायणी नदीको नयाँ रेकर्ड, पानीको सतह ११ दशमलव ९१ पुग्यो

चितवन, असोज ११नारायणी नदीको पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ । लगातारको मुसलधारे वर्षाका...
1-1790511518

दक्षिण अफ्रिकामा केही घण्टाकाे अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड, २७ जनाको ज्यान गयाे

दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा २७ जनाको ज्यान गएको छ...
WhatsApp Image 2026-09-27 at 4.32.02 PM

कांग्रेस चितवन १ “क” बाट प्रदेश प्रतिनिधिमा राजिब पाठकको उम्मेदवारी

चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ “क” बाट बागमती प्रदेश प्रतिनिधि (युवा तर्फ)...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०