"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दक्षिण अफ्रिकामा केही घण्टाकाे अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड, २७ जनाको ज्यान गयाे

Table of Content

दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा २७ जनाको ज्यान गएको छ । देशमा बढ्दो बन्दुक हिंसाको यो पछिल्लो घटना रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

पहिलो घटना गएराति जोहानेसबर्ग नजिकैको बारमा भएको थियो । प्रहरीका अनुसार आठ जना सशस्त्र आक्रमणकारीले बारमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको ज्यान गयो भने अरू १५ जना घाइते भए ।

दोस्रो घटना आज बिहान केप टाउन नजिकैको एउटा बस्तीमा रहेको मनोरञ्जन केन्द्रबाहिर भएको थियो । यस घटनामा १० जनाको ज्यान गयो भने अरू ११ जना घाइते भए ।

घटनास्थलबाट भाग्नुअघि संदिग्धहरूले दुई वटा गाडीमा आगजनी गरेका प्रहरीले बताएको छ । घटनामा संलग्नहरूलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको खबरमा उल्लेख छ ।

दक्षिण अफ्रिकामा कानूनी तथा अवैध दुवै प्रकारका हतियारको व्यापक प्रयोग हुने गरेको छ । त्यहाँ गिरोहबीचको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेका छन् ।

झन्डै ६ करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण अफ्रिकामा विश्वकै उच्च हत्या दरमध्ये एक रहेको छ । देशमा दैनिक औसत झन्डै ६० जनाको हत्या हुने गरेको तथ्याङ्क छ ।

यसै वर्षको मार्चमा जोहानेसबर्गका हिंसाग्रस्त क्षेत्रमा अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको थियो ।

राष्ट्रपति सिरिल रामाफोसाले बढ्दो अपराधलाई देशका प्रमुख चुनौतीमध्ये एकका रूपमा वर्णन गर्नुभएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

77087fc2-afb4-4ecb-9fed-4c032f4e7d80 (1)

नारायणी नदीको नयाँ रेकर्ड, पानीको सतह ११ दशमलव ९१ पुग्यो

चितवन, असोज ११नारायणी नदीको पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ । लगातारको मुसलधारे वर्षाका...
1-1790511518

दक्षिण अफ्रिकामा केही घण्टाकाे अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड, २७ जनाको ज्यान गयाे

दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा २७ जनाको ज्यान गएको छ...
WhatsApp Image 2026-09-27 at 4.32.02 PM

कांग्रेस चितवन १ “क” बाट प्रदेश प्रतिनिधिमा राजिब पाठकको उम्मेदवारी

चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ “क” बाट बागमती प्रदेश प्रतिनिधि (युवा तर्फ)...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०