"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

Table of Content

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको भन्दै सरकारको आलोचना गरेका छन् ।

अन्सारीले सामाजिक सञ्जालमार्फत मध्यरातमा जबरालाई नियन्त्रणमा लिइएको र बिहान त्यसलाई सुरक्षा थ्रेटका कारण गरिएको भन्दै प्रशासनले स्पष्टीकरण दिएको दाबी गरेका छन् । 

उनले सुरक्षा खतरा भए सुरक्षा दिनकै लागि प्रहरी, प्रशासन र सरकार रहेको उल्लेख गर्दै यस्तो तर्क प्रस्तुत गर्नु आपत्तिजनक भएको बताएका छन् ।

उनले नागरिकको ‘लाइफ, लिबर्टी र प्रोपर्टी’को रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै आफ्नै पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा दिन नसक्ने राज्यप्रति प्रश्न उठाएका छन् ।

अन्सारीले नेपालको सुरक्षा प्रणालीबारे अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश जाने र यस्तो अवस्थामा विदेशी पर्यटकको सुरक्षामाथि समेत प्रश्न उठ्ने बताएका छन् ।

उनले सरकारलाई ‘नाटक र नौटंकी बन्द गर्न’ आग्रह गर्दै घटनालाई सामान्य गल्ती वा भुलका रूपमा नलिन चेतावनी दिएका छन् । अन्सारीले यो घटना ‘नियोजित अपराध’ भएको दाबी गर्दै यस्ता कार्य गर्नेहरूलाई लोकतान्त्रिक शासन सञ्चालन गर्ने नैतिक अख्तियार नहुने बताएका छन् ।

उनले भने, ‘ नाटक र नौटंकी बन्द गर्नुहोस् । तानाशाहीमै उत्रिन मन भए आफ्नो नक्कली मुखौटा खोलेर पूर्वराजा ज्ञानेन्द्रको २०६१ माघ १९ जस्तो सक्कली अनुहार देखाउनुहोस् । नेपाली जनताले तानाशाहहरुको इलाज गर्न मज्जाले जानेका छन् । यो गल्ती वा भुल हैन, गर्न चाहेर पनि गर्न नजानिएको नियोजित अपराध हो । यस्ता अपराधीहरूलाई लोकतन्त्रमा शासन गर्ने नैतिक अख्तियार हुनुहुँदैन ‘

उनले गृह प्रशासनलाई समेत ‘निकम्मा र नालायक’ भन्दै खबरदार हुन चेतावनी दिएका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

77087fc2-afb4-4ecb-9fed-4c032f4e7d80 (1)

नारायणी नदीको नयाँ रेकर्ड, पानीको सतह ११ दशमलव ९१ पुग्यो

चितवन, असोज ११नारायणी नदीको पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ । लगातारको मुसलधारे वर्षाका...
1-1790511518

दक्षिण अफ्रिकामा केही घण्टाकाे अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड, २७ जनाको ज्यान गयाे

दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा २७ जनाको ज्यान गएको छ...
WhatsApp Image 2026-09-27 at 4.32.02 PM

कांग्रेस चितवन १ “क” बाट प्रदेश प्रतिनिधिमा राजिब पाठकको उम्मेदवारी

चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ “क” बाट बागमती प्रदेश प्रतिनिधि (युवा तर्फ)...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०