"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एशियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा

Table of Content

काठमाण्डौ – जापानको आइची–नागोयामा आयोजना भएको २०औँ एसियाली खेलकुद प्रतियोगिताको हिजो औपचारिक उद्घाटन भएको छ ।

उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापामगर र महिला कबड्डी खेलाडी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्चपास गरेका छन् ।

थापामगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । मानमती विष्ट सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा कास्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन् ।

यसपटकको एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन् । नेपाली खेलाडीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौडी, कबड्डी, सुटिङ, भारोत्तोलन, जुडो, ब्याडमिन्टनलगायत विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यसपटक विभिन्न खेलमा पदक जित्ने लक्ष्यसहित सहभागिता जनाएको छ । विशेषगरी करातेकी एरिका गुरुङ, बक्सिङलगायतका खेलाडीबाट नेपालले पदकको अपेक्षा गरेको छ । एरिकाले १९औँ एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपालसहित ४५ देश र एक शरणार्थी टोलीका खेलाडी सहभागी छन् । एसियाली खेलकुदलाई एसिया महादेशकै ठूलो बहुखेलकुद प्रतियोगिताका रूपमा लिइन्छ ।

मिजुहो पार्क रङ्गशालामा हिजो आयोजित भव्य समारोहमा जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति, सङ्गीत तथा सहभागी राष्ट्रका खेलाडीको मार्चपासलगायत कार्यक्रम आयोजना गरिएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०