"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रवि लामिछाने र अमेरिकी विदेशमन्त्रीबीच टेलिफाेन कुराकानी

Table of Content

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोनमा कुराकानी भएको छ ।

टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली नागरिक तथा सरकारप्रति ऐक्यबद्धता जनाउनुभएको रास्वपाले जनाएको छ ।

यस्तै सभापति लामिछानेले बाढीपछिकाे खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभएको थियो । साथै उहाँले विदेशमन्त्री रुबियोलाई बाढीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको थियो ।

सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको थियो ।

यसैबीच विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनुभएकाे रास्वपाले जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Arnold-dix-surung-1788755723

सुरुङ उद्धारविज्ञ आर्नोल्ड भन्नुहुन्छ : असम्भवजस्तो देखिनुलाई कहिल्यै असम्भव नठानौँ

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भैरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा...
1-1788765730

त्रिशूली–३ ‘बी’ मा फसेकाको उद्धार गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डाै – माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग...
mustang-bhansar_8mIte3xtwU

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाकाको लोमान्थाङ गाउँपालिका–४ न्हेधुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन...
siria-1788757909

आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी

सिरियामा सन् २०२६/२७ को नयाँ शैक्षिक सत्र शुरु हुन लागेसँगै राजधानी दमास्कसका बजारमा शैक्षिक सामग्री...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०