"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुरुङ उद्धारविज्ञ आर्नोल्ड भन्नुहुन्छ : असम्भवजस्तो देखिनुलाई कहिल्यै असम्भव नठानौँ

Table of Content

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भैरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउनुभएको छ ।

उद्धार अभियानको नेतृत्व र प्राविधिक परामर्शमा व्यस्त अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो । उद्धार कार्यमा आशा, अनुशासन, करुणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।

नेपालको अहिलेको परिस्थिति आफूले यसअघि कहिल्यै सामना नगरेको अवस्थाजस्तो रहेको पनि उल्लेख गर्नुभएको छ । भारतको सिल्क्यारा सुरुङ उद्धारको स्मरण गर्दै उहाँले त्यहाँ सुरुङभित्र फसेका ४१ जनालाई जीवितै उद्धार गर्नु असम्भवजस्तै देखिएको काम भए पनि सामूहिक प्रयासबाट सफलता प्राप्त भएको स्मरण गर्नुभएको छ ।

त्यो अनुभव स्मरण गर्दै उहाँले ‘असम्भवजस्तो देखिनु’ र ‘वास्तवमै असम्भव हुनु’ फरक कुरा भएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘परीक्षा केवल हामी सफल हुन्छौँ कि हुँदैनौँ भन्ने होइन । बाटो झन् कठिन बन्दै जाँदा, जिम्मेवारीहरू बढ्दै जाँदा र परिणाम के हुन्छ भन्ने थाहा नहुँदा पनि हामी सही काम गरिरहन्छौँ कि रहँदैनौँ भन्ने हो ।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Arnold-dix-surung-1788755723

सुरुङ उद्धारविज्ञ आर्नोल्ड भन्नुहुन्छ : असम्भवजस्तो देखिनुलाई कहिल्यै असम्भव नठानौँ

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भैरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा...
1-1788765730

त्रिशूली–३ ‘बी’ मा फसेकाको उद्धार गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डाै – माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग...
mustang-bhansar_8mIte3xtwU

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाकाको लोमान्थाङ गाउँपालिका–४ न्हेधुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन...
siria-1788757909

आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी

सिरियामा सन् २०२६/२७ को नयाँ शैक्षिक सत्र शुरु हुन लागेसँगै राजधानी दमास्कसका बजारमा शैक्षिक सामग्री...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०