"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत कम्पनीले राहत प्याकेज ल्याउने

Table of Content

काठमाण्डौ – माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन् । बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भैरहेको कम्पनीहरुले जनाएका छन् ।

विपद्पछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नुपरेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको हो । नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्दै आएका छन् ।

कम्पनीहरूले बाढीबाट प्रभावित कामदार, उनीहरूका परिवारजन तथा सबै सरोकारवालाले भोगिरहेको पीडा र अन्यौलप्रति आफूहरू पूर्ण रूपमा संवेदनशील रहेको बताएका छन् । अस्ति शनिबार एक जना चिनियाँ कामदारको उद्धार भएपछि भग्नावशेषमा अझै फसेका हुन सक्ने व्यक्तिहरूको खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन एनडब्लुइडिसीले सुरक्षा निकायसँगको सहयोग र समन्वय सुदृढ बनाएको छ ।

एनडब्लुइडिसीले बाढी आएको समयमा आयोजनाका विभिन्न स्थलमा कार्यरत व्यक्तिहरूको विवरण संकलन गरिरहेको छ । कामदार तथा कर्मचारीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त भएपछि सम्बन्धित परिवारलाई जानकारी गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बाढी आएको समयमा आयोजनास्थलमा करिब १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए । अस्ति शनिबारसम्म ८७६ जना कामदार तथा कर्मचारीको उद्धार भइसकेको छ भने ५५७ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको  छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

arrest

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

हेटौँडा, २३ भदौमकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो...
krishi-campus

कृषि वनविज्ञान विश्वविद्यालयका कर्मचारीको ६० लाख सहयोग

भरतपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, रामपुरमा भदौ १० गते भोटेकोशी नदीमा आएको...
saligram_baramad

बेवारिसे भेटिएका ८०१ शालिग्राम प्रहरीको नियन्त्रणमा

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) सुस्ता गाउँपालिका वडा नं–३ पत्थरकलास्थित भित्रि सडकमा...
202609081149-fe40f7d1-0e61-4483-972e-715e5005e991_medium-1280x720

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन, २३ भदौः भरतपुरको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक...
789236538_2503905720121240_5029637128403881125_n-1280x720 (1)

सम्पूर्णको स्थापना दिवस : विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

नारायणघाट । सम्पूर्ण किताब नारायणगढले सामुदायिक विद्यालयमा अध्यनरत एक जना छात्रालाई छात्रावृत्ति प्रदान गरेको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०