"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जलवायु सङ्कटले प्रशान्त क्षेत्रका टापु देशहरुमा खाद्य र खानेपानी अभावको जोखिम

Table of Content

विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरुमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) को नयाँ प्रतिवेदनअनुसार औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.८ डिग्री सेल्सियससम्म बढ्न सक्ने देखिएको छ ।

यो पेरिस सम्झौताले तय गरेको १.५ डिग्रीको लक्ष्यभन्दा बढी हो । पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ्दा समुद्री तापक्रमसमेत वृद्धि हुने र त्यसले टुना माछाको बासस्थान पूर्वतर्फ सर्ने बताएका छन् ।

प्रशान्त क्षेत्रमा विश्वको झण्डै एकतिहाइ टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आम्दानीमा ठूलो असर पार्नेछ । तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादनसमेत झण्डै ६५ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ ।

जलवायु परिवर्तनका कारण विनाशकारी बाढीको जोखिम बढ्नुका साथै समुद्री नुनिलो पानी जमिनभित्र पस्दा खानेपानीका स्रोत दूषित हुने जोखिम पनि बढेको वैज्ञानिकहरूको भनाइ छ ।

विशेषगरी यसले मानव बसोबास नै कठिन बनाउन सक्ने चेतावनी दिइएको छ । प्रशान्त क्षेत्रका नेताहरूले १.५ डिग्री सेल्सियसको तापक्रमको लक्ष्य जोगाउन तत्काल विश्वव्यापी प्रयास तीव्र पार्नुपर्नेमा जोड दिएका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1788514033

बङ्गलादेशले नेपाललाई १० लाख डलर सहयोग गर्ने

काठमाण्डाै – बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर...
patan-krishna-mandir-1788514983

पाटन कृष्ण मन्दिरमा भक्तजनकाे भीड

काठमाण्डाै – ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि...
5-1788521159

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत...
2-1788520186

दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो

काठमाण्डाै – दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले चौलानी (चमेलिया) नदी थुनिएको छ । माथिबाट आएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०