"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

Table of Content

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ ।

अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनने पार्टीका सचिव एवम् बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो ।

0-1788521158.jpg

एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढी पीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरेको छ ।

बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमालेले १ करोड २० लाख रुपैयाँ सरकारको राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ ।

4-1788521158.jpg

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1788514033

बङ्गलादेशले नेपाललाई १० लाख डलर सहयोग गर्ने

काठमाण्डाै – बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर...
patan-krishna-mandir-1788514983

पाटन कृष्ण मन्दिरमा भक्तजनकाे भीड

काठमाण्डाै – ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि...
5-1788521159

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत...
2-1788520186

दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो

काठमाण्डाै – दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले चौलानी (चमेलिया) नदी थुनिएको छ । माथिबाट आएको...
1-1788510532

त्रिशूली–३ ‘ए’ सुरुङबाट एउटा शव निकालियो

काठमाण्डाै – माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०