"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीपीडित घाइतेका लागि रक्तदान, पुर्व उपमेयर इमानसिंह लामासहित १११ जनाले दिए रगत

Table of Content

चितवन, भदौ १८ गते । चितवनको राप्ती ८ स्थित खुरखुरेमा रहेको नन्दिनी पार्टी प्यालेसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ चितवन वीरेन्द्रनगरको आयोजनामा भएको कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन्।

कार्यक्रम लायन्स क्लब अफ चितवन वीरेन्द्रनगरका अध्यक्ष फडिन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा राजकुमार कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

हालैको बाढीका कारण घाइते भएकाहरूलाई आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष सापकोटाले बताए। उनले विपद्को समयमा बाढीपीडितको साहारा बन्ने उद्देश्यले लायन्स क्लबले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको बताए।

लायन्सका डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितका अनुसार लायन्सले बाढीपीडितका लागि हालसम्म ७ लाख रुपैयाँ जम्मा गरिसकेको छ। संकलित राहत सामग्री तथा सहयोग लिएर लायन्सको टोली भोलि नुवाकोट जाने तयारीमा रहेको उनले जानकारी दिए।

कार्यक्रम लायन्स क्लब अफ चितवन राप्तीकी सचिव सुमिता डल्लाकोटीले सञ्चालन गरेकी थिइन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०