"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जीत

Table of Content

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेशियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ ।

बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेशियालाई ६ विकेटले हरायो । मलेशियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१ ओभर चार बलमा चार विकेट गुमाएर भेटायो ।

नेपालका अर्जुन कुमालले नटआउट ४५, ईशान पाण्डेले २० रन बनाए । मलेशियाका सैयद अजिज, आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेशियाले ३२ ओभर ३ बलमा १०३ रन बनाउँदा सबै विकेट गुमायो ।

मलेशियाका कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४ रन बनाए । नेपालका करण केसीले चार, ललित राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो ।

एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।

२ वटै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ ।

प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिवार हुनेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dpo_sunsari_YdvPaJ0r8x

देवानगञ्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

काठमाण्डाै – सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली...
1-1789954922

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
banner-1789888750 (1)

ठूलो वर्षाको सम्भावना छ, तर पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइसकेको छैन

बङ्गालको खाडीमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणालीले नेपालमा पनि ठूलो प्रभाव पर्ने देखिन्छ...
bhatbhateni-tangal-1789955857

नवयुवा आन्दोलनमा आगजनीबाट ध्वस्त भाटभटेनीको टङ्गाल स्टोर आजदेखि सञ्चालनमा

काठमाण्डाै – पोहोर नवयुवा आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको टङ्गाल स्टोर आजदेखि...
50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०